May 18, 2024

९ वटा साइकलसहित १५ क्युफिट काठ बरामद

August 27, 2020

चितवन । चितवनको कालिकाबाट प्रहरीले अन्दाजी १५ क्युफिट सालको काठ बरामद गरेको छ । कालिका नगरपालिका वडा नम्बर ३ स्थित मिलनचोकबाट १० थान आलो सालको मुडा बरामद भएको प्रहरीले जनाएको छ ।
तस्करहरुले थानखोलाबाट पदमपुरतर्फ ९ वटा साइकलमा १० थान मुडा लैजाने क्रममा प्रहरीलाई देखेपछि काठ छाडेर भागेको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङले जानकारी दिए । प्रहरीले १० थान सालको मुडा र ९ वटा साइकल बरामद गरेको र काठ चोरी तथा तस्करी गर्नेको खोजी कार्य गरिरहेको प्रहरी उपरिक्षक गुरुङले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -