२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

खैरहनी एकैदिन १२ सहित १७ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : २०७७ भाद्र १२ गते

चितवन / चितवनमा आज (बिहीबार) थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति ९ बजेसम्म गरिएको परीक्षणमा खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र पूर्वी नवलपरासी गैंडाकोटका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाको वडा नं.४, १० र १२ का २३ र ४० वर्षीय २ जना पुरुष र २७ वर्षीया एक महिला रहेका छन् । उनीहरुको नारायणी सामुदायिक अस्पताल र भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको थियो ।
यसैगरि बिहीबार संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै खैरहनी नगरपालिकाका रहेका छन् । खैरहनी नगरपालिकामा पहिलोपटक एकैदिन १२ जना संक्रमित थपिएका हुन् । संक्रमण पुष्टि हुनेमा खैरहनी–३, ५, ८, ९ र १२ नम्बर वडाका ५ जना पुरुष र ७ जना महिला रहेका छन् । पुरुषहरु ३८ देखि ७५ वर्ष उमेर समूहका छन् भने महिलाहरु ६ वर्षीया बालिकादेखि ३६ वर्ष उमेर समूहका छन् । यससंगै खैरहनीमा कुल संक्रमितको संख्या २९ पुगेको छ ।
यस्तै रत्ननगर नगरपालिका–८ का ७९ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनी क्वारेन्टिनमा रहेकी थिइन् । योसंगै चितवनमा कुल संक्रमितको संख्या ४८७ पुगेको छ ।
त्यसैगरि पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–८ का २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनको पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
भरतपुर अस्पताल प्रयोगशालामा बिहीबार कुल ३३४ नमुना परीक्षण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10