चितवन / सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका–४ बस्ने सत्कार लुँईटेल, तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर र चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
उनीहरुले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न व्यक्तिसँगबाट ठूलो रकम ठगी गरेको प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । सामाजिक सञ्जालमा रहेका साथीलाई उपहार पठाइदिने भनि रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
मोरङको लेटाङ नगरपालिका–९ बस्ने विष्णुकुमारी राईलाई रु २ लाख ७५ हजार ६४५ र भरतपुर महानगरपालिका–२० शारदानगर बस्ने आरती रानालाई पटकपटक गरी रु २ लाख ५३ हजार २४० र ठगी गरेको गुरुङले जानकारी दिए।
पक्राउ परेकाहरुबाट प्रेमबहादुर राना, सन्जना पाठकको नामको यातायात व्यवस्था कार्यालय गण्डकीको नक्कली सवारी चालक अनुमति पत्र बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालत चितवनमा ठगी र लिखतसम्बन्धि कसुरमा मुद्दा दायर गरिएको उनले जानकारी दिए। उक्त मुद्दामा अन्य छ जना अझै फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -
सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने ३ जना पक्राउ
August 28, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -