काठमाडौँ / निजी अस्पतालहरूले पीसीआर परीक्षणको शुल्क आफूखुसी लिने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा पीसीआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरेकामा कतिपय निजी अस्पतालले ७ हजार ५ सय रुपैयाँसम्म असुलेको भेटिएको छ ।
पीसीआर गराउन आवश्यक पर्ने भीटीएम, रिएजेन्ट, एक्स्ट्र्याक्सन किट र अन्य खर्च बजार मूल्यअनुसार बढीमा २ हजार ५ सय मात्रै पर्छ । तर, सरकारले पीसीआर गर्न ५ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । सरकारले पीसीआर गराउने शुल्क नघटाउँदा निजी र सरकारी अस्पतालले समेत पीसीआरलाई नाफा कमाउने आधार बनाइरहेका छन् । धापासीको ग्रान्डी अस्पतालले ७ हजार ५ सय रुपैयाँ पीसीआर परीक्षण शुल्क लिने गरेको छ । ‘हाम्रोमा पीसीआर परीक्षण हुँदैन, अन्यत्र लैजानुपर्ने भएकाले ढुवानी र स्वाब निकाल्न खटिएका कर्मचारीको पारिश्रमिकका लागि ७ हजार ५ सय रुपैयाँ लिने गरेका छौं,’ अस्पताल प्रशासनकी अर्चना प्रधानले भनिन्, ‘हाम्रोमै पीसीआर हुने हो भने सरकारले तोकेकै मूल्यमा गर्न सकिन्थ्यो ।’
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले पनि भर्ना हुने बिरामीसँग ७ हजार ५ सय रुपैयाँ लिएर स्वाब संकलन गर्ने गरेको छ । स्वाब संकलन गरेर अनुमति प्राप्त अस्पतालमा पीसीआर गराउँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निर्धारण गरेको शुल्कमा १० प्रतिशतसम्म बढी लिन पाइन्छ । प्रयोगशालाका अनुसार ग्रान्डी र नेपाल क्यान्सर अस्पतालले ६ हजार ५० रुपैयाँ मात्रै लिन पाउँछन् । यी दुई अस्पतालले सरकारले निर्धारण गरेको भन्दा १ हजार ४ सय ५० रुपैयाँ बढी शुल्क लिइरहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर गराउन स्वीकृत लिएकै अस्पतालले समेत महँगो शुल्क लिएको पाइएको छ । यसरी शुल्क लिनेमध्येको एक हो, ललितपुरको मेडिसिटी अस्पताल । यो अस्पतालले पीसीआर परीक्षण गर्न नेपालीसँग ६ हजार
रुपैयाँ र विदेशीसँग ७ हजार रुपैयाँ लिने गरेको छ । ‘सरकारले तोकेको ५ हजार ५ सय हो तर पीपीई र स्वाब संकलन गर्ने भीटीएमका लागि हामीले थप १० प्रतिशत लिने गरेका छौं,’ अस्पतालका डा. नरेन्द्र तिमिल्सेनाले भने ।
मेडिसिटी आफैंले स्वाब संकलन गरेर परीक्षण गर्न अनुमति पाएको छ । बिहीबारसम्म १ हजार १ सय जनाको पीसीआर परीक्षणसमेत गरिसकेको छ । तीमध्ये चार जनामा कोरोना पोजिटिभ देखिएको छ ।
निजी अस्पताल मात्रै होइन, सरकारी अस्पतालले पनि पीसीआरलाई नाफा कमाउने आधार बनाएका छन् । पाटन, वीर र त्रिवि शिक्षण अस्पतालले कोरोनाको लक्षण भएका बिरामीसँग पनि शुल्क लिएर मात्रै पीसीआर गराउँदै आएका छन् । स्रोतका अनुसार वीरले २ हजार ५ सय जनाभन्दा धेरैको ५ हजार ५ सय रुपैयाँ शुल्क लिएर पीसीआर गर्दा करिब १ करोड ४० लाखभन्दा बढी उठाइसकेको छ । पीसीआर गर्न भीटीएम, रिएजेन्ट, एक्स्ट्र्याक्सन किट सरकारले उपलब्ध गराउने गरेको छ ।
शिक्षण अस्पतालमा स्वाब दिनुअघि नै ५ हजार ५ सय रुपैयाँ तिर्नर्ॅपर्छ । शिक्षणले भीटीएमसमेत संक्रमितलाई किन्न लगाउने गरेको छ । अस्पतालका चिकित्सक डा. सन्तकुमार दासले केहीअघिसम्म बिरामीलाई भीटीएम किनाए पनि अहिले त्यस्तो नभएको बताए । ‘निजी अस्पतालले घरघरमै गएर नमुना संकलन गर्न थालेपछि हाम्रोमा पैसा तिरेर पीसीआर गर्ने न्यून छन्,’ उनले भने । ५ हजार ५ सयमा पीसीआर गराइरहेको उनले बताए ।
पाटन अस्पतालले ५ हजार ५ सय ७५ रुपैयाँ लिएर मात्रै पीसीआर परीक्षण गराउने गरेको छ । टिकटवापत भनेर अस्पतालले ७५ रुपैयाँ बढी लिएको हो । यी तीनवटै अस्पतालले आफैं स्वाब संकलन गर्न सरकारबाट अनुमति पाएका छन् भने अन्य अस्पतालले संकलन गरेका स्वाब पनि परीक्षण गर्दै आएका छन् ।
नेपाल प्रहरीले पनि उपत्यकाका कुन अस्पतालले कति शुल्कमा पीसीआर गराइरहेको छ भन्ने तथ्यांक संकलन गरेको छ । वीर, पाटन, टिचिङले सरकारी कार्यालयबाट सिफारिससहित आएकालाई निःशुल्क पीसीआर गराउने गरेको प्रहरी तथ्यांकले देखाउँछ । अन्यको हकमा भने शुल्क तिर्नुपर्ने हुन्छ । सरकारले यी तीन अस्पतालमा पीसीआर गराउनेमध्ये २५ प्रतिशतसँग मात्रै शुल्क लिन पाइने र ७५ प्रतिशतलाई निःशुल्क पीसीआर गराउनुपर्ने निर्णय गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झाले पीसीआर गर्न निजी अस्पतालले ९ हजार रुपैयाँसम्म लिएको गुनासो आए पनि बिल नपाउँदा कारबाही गर्न नसकिएको बताइन् । ‘पीसीआरमा मनलाग्दी शुल्क लिएको गुनासो आएको छ, यसलाई रोक्न हामी लागिपरेका छौं,’ उनले भने, ‘घरघरमा पीसीआर गराउने गरेको समेत थाहा पाएपछि यसलाई रोक्न सूचना निकालिसकेका छौं । बढी शुल्क लिएको विषयमा हामीले छानबिन गरिरहेका छौं ।’
काठमाडौंमा २१ वटा स्वास्थ्य संस्थाले स्वाब संकलन गर्ने गरेका छन् । निजीमा सबैभन्दा कम मूल्यमा बिथ ल्याब ललितपुर र नेपाल–भारत मैत्री अस्पताल मित्रपार्क काठमाडौंले पीसीआर गराइरहेका छन् । ललितपुरका १० वटा र भक्तपुरका २ वटा स्वास्थ्य संस्थाले स्वाब लिने गरेका छन् । वीर, मनमोहन मेमोरियल अस्पताल, ह्याम्स, भेनस, बयोधा, काठमाडौं मेडिकल कलेज, स्टार, आनन्द वन, बीएन्डबी, नेपाल–कोरिया मैत्री अस्पतालमा मात्रै सरकारले निर्धारण गरेको ५ हजार ५ सय रुपैयाँमा पीसीआर गराउने गरेको पाइएको छ ।
स्रोतः कान्तिपुर दैनिक
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

पीसीआर शुल्क तोकिए भन्दा बढी असुल्दै निजी अस्पताल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58













