२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

संक्रमितलाई दुव्र्यवहार नगर्न प्रशासनको आग्रह

प्रकाशित मिति : २०७७ भाद्र १३ गते

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस संक्रमित व्यक्ति तथा परिवारलाई दुव्र्यवहार नगर्न आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सूचना जारी गर्दै संक्रमित व्यक्ति तथा परिवारलाई दुव्र्यवहार नगर्न आग्रह गरेको हो ।
कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्ने नाममा कतिपय स्थानमा सक्रमित व्यक्ति तथा परिवारमाथि दुव्र्यवहार हुने गरेको गुनासो बढेको भन्दै प्रशासनले यस्तो आग्रह गरेको हो । संक्रमित व्यक्ति र उनको परिवारलाई दुव्र्यवहार गर्ने, लक्षण देखिएका व्यक्तिलाई अस्पतालमा भर्ना नलिने जस्ता अमानवीय र नागरिक हक प्रतिकूलका कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको प्रशासनले जनाएको छ ।
‘संक्रमण रोकथाम गर्ने नाममा संक्रमित व्यक्तीलाई घर तथा डेरामा बस्न नदिने, घरमा बसेका संक्रमित व्यक्तिका परिवारलाई समाजले दुव्र्यवहार गर्ने, लक्षण भएका बिरामीलाई समेत अस्पतालहरुले भर्ना नलिने जस्ता अमानविय नागरिक हक प्रतिकुल कार्य हुने गरेको सुचना आएकोले कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ’ जारी सूचनामा भनिएको छ । प्रशासन कार्यालयले यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैलाई सचेत गराएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले संक्रमितलाई दुर्व्यवहार नगरी सामाजिक सदभावको बातावरण तयार गर्न आग्रह गरिएको हो । आफ्ना क्षेत्रका संक्रमितको अवस्था बारे जानकारी लिन, आवश्यक सहयोग बारे अनुगमन गर्न, सामाजिक सद्भावको वातावरण तयार गर्न र कसैले दुव्र्यवहार गरेको पाइए तत्काल नजिकको प्रहरी कार्यालय वा प्रशासन कार्यालयमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।
संक्रमित र संक्रमितको परिवारलाई दुव्र्यवहार गरेको पाइए कडाभन्दा कडा कारवाही गरिने प्रशासनको चेतावनी छ । ‘संक्रमित व्यक्तिलाई छिमेकीले घरमा बस्न नदिने, घरबहालमा बस्नेलाई घरबाट हटाउने, परिवारका सदस्यलाई दुव्र्यवहार गर्ने कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ’ सूचनामा भनिएको छ ।
यस्तै लक्षण नदेखिएका संक्रमितलाई घरमा परिवारका सदस्यसँग सम्पर्कमा नआई छुट्ट बस्न सम्भव भए घरमै राख्ने र सम्भव नभएमा मात्र स्थानीय तहको आइसोलेसनमा राख्ने निती रहेकोले सोही अनुसार काम भइरहेको पनि प्रशासनले जनाएको छ । घरमा परिवारसँग बस्दा माया ममता र आफु अनुकुलको श्वस्थ खान पान हुने भएकोले धेरैको घरमै बस्ने चाहना रहेको पाइएको प्रशासनले जनाएको छ । जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति र बालबालिकाहरुलाई घरायसी वातावरण नै उपयुक्त हुने देखिएको प्रशासनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81