२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

चितवनमा खाद्य उद्योगका ३७ जनासहित ७३ जना संक्रमित

प्रकाशित मिति : २०७७ भाद्र १३ गते

चितवन / चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा आज ६१ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ भने काभ्रेको धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनकै १२ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो दुबै ठाउँको गरी चितवनमा एकैदिन ७३ जनामा कोरोना पुष्टि भएको हो ।
चितवनका संक्रमित मध्ये सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका ३८ जना रहेका छन् । ती मध्ये रत्ननगर–४ का एकै वडाका ३७ जना रहेका छन् । संक्रमण पुष्टि हुनेमा रत्ननगर–४ का ३५ पुरुष र २ जना महिलामा रहेका छन् । संक्रमित पुरुषहरु १७ देखि ५९ वर्ष उमेर समूहका छन् । यस्तै वडा नं.१० का २९ वर्षीय एक पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।
रत्ननगर–४ मा रहेको शिवशक्ति खाद्य उद्योगमा कार्यरत ८० जनाको परीक्षण गर्दा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले जानकारी दिनुभयो । ती मध्ये ७ जनाको पुनः परीक्षणमा पनि नतिजा पोजिटिभ आएको उहाँले बताउनुभयो । ती सबैलाई सोही उद्योगमा आइसोलेसन बनाएर राखिने उहाँले जानकारी दिनुभयो । एकै ठाउँका धेरै संक्रमित भएकाले सोही ठाउँमा राख्न लागिएको हो ।
यसैगरी भरतपुर महानगरपालिकाका २२ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै भरतपुर–४ का मात्रै १५ जना रहेका छन् । यस्तै भरतपुर–१० का दुई जना, भरतपुर–२, ६, १४, १९ र १८ का एक/एक जना रहेका छन् । यसैगरी राप्ती नगरपालिका–८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । त्यस्तै चितवन बाहिरका पूर्वी नवलपरासी गैंडाकोट–१० का एक जना, तनहुँ भानुका १, रुपन्देही र पाल्पाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी शनिबार दिउँसो खैरहनी नगरपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको छ । धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा खैरहनी–१२ का तीन जना पुरुष, खैरहनी–३ का दुई पुरुष र एक महिलागरी तीन जना, वडा नंं. ४ का २ जना पुरुष, वडा नं.९ का एक महिला र एक पुरुष, वडा नं.१० का एक पुरुष र वडा नं.१३ का एक महिला रहेका छन् । यससंगै चितवनमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या छ सय नजिक पुगेको छ ।
शनिबार साँझसम्म कुल संक्रमितको संख्या ५ सय ९७ पुगेको छ । सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमित भएका छन् भने इच्छाकामनामा सबैभन्दा कम छन् । भरतपुर महानगरपालिकामा ३४१, खैरहनी नगरपालिकामा ४१, माडी नगरपालिकामा ५०, रत्ननगरमा नगरपालिकामा ८१, राप्ती नगरपालिकामा ७६, कालिका नगरपालिकामा ५ र इच्छाकामना गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81