January 13, 2025
- ADVERTISEMENT -

त्रिशुलीमा खस्यो एम्बुलेन्स, ५ जना घाइते

September 1, 2020

फिस्लिङ / चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै पानीधाराबाट त्रिशुली नदिमा एम्बुलेन्स खसेको छ। आज बिहान अन्दाजी सवा ५ बजेतिर काठमाण्डौबाट बिरामी लिएर सर्लाही तर्फ आई रहेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट अं. ५० मिटर तल त्रिशुली नदीको किनारमा खसेको हो।
उक्त एम्बुलेन्स दुर्घटनामा परि ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। घाइते हुनेहरुमा एम्बुलेन्स चालक जि.झापा गौरीगन्जगा.पा. १ बस्ने बर्ष २८ को सरोज दाहाल, सर्लाही बरहथवा न.पा. २ बस्ने बर्ष ५० की दिल मांया राना मगर, सोही स्थानका बर्ष १५ की बाधे राना मगर, बर्ष २६ की मेक कुमारी राना मगर र बर्ष ३४ को नर बहादुर मगर रहेको छ।
घाइते ५ जना मध्य १ जना बाधे राना मगर गम्भीर घाइते रहेको र अरु मध्यम घाइते भएको प्रहरिके बताएको छ। यस्तै घाइतेको उद्वार गरि उपचारका लागि भरतपुर पठाइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -