June 14, 2024

नेपालमा संक्रमित थप ९०२, कुल ४८ हजार बढी

September 8, 2020

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नियमित प्रेस व्रिफिङ मार्फत मंगलबार थप ९०२ कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता डा गौतमका अनुसार २४ घण्टामा १० हजार ६११ पीसीआर परीक्षण गरिएको थियो ।
अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -