चितवन / भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा चितवनमा थप ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । परीक्षणमा चितवनका ३१ र अन्य जिल्लाका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा चितवनका सबै भरतपुर महानगरपालिकाका रहेका छन् । जसमध्ये २६ जना पुरुष र ५ जना महिला रहेका छन् । पुरुषहरु १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेर समूहका छन् भने महिलाहरु २४ देखि ५४ वर्ष उमेर समूहका छन् ।
उनीहरु सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।
यस्तैगरी नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिला गरी दुई जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब गरिएको हो भने पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
संक्रमित थप ३४, चितवनकै ३१ जना
September 11, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
