चितवन । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत १० जना सहित ११ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज बिहान आएको पिसीआर नतिजाको जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत १ प्रहरी र वडा प्रहरी कार्यालयमा कार्यरत विभिन्न तहका प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
वडा प्रहरी कार्यालयका प्रमुखसहित पाँच जनामा गत साता कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा ३९ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ५ जना निको भएर फर्किसकेका छन् भने अन्य ३४ जना आइसोलेसनमा रहेका छन् ।
वडा प्रहरी कार्यालयमा ९५ जनाको दरबन्दी भएको भए पनि हाल ४१ जना कार्यरत रहेका छन् । जसमध्ये अहिलेसम्म वडा प्रहरी कार्यालयमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कार्यरत रहेका मध्ये अधिकांशलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै कार्यालय शिल गरिएको छ ।
प्रवक्ता थापाका अनुसार वडाबाटै नमुना संकलन गरिएका अन्यको नतिजा आउन बाँकी रहेकाले सङ्क्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । वडा प्रहरी कार्यालयमा कोरोना सङ्क्रमण देखिएसँगै जिल्लाका प्रहरी विट तथा चौकीहरुमा उच्च सावधानी अपनाउन भनिएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीमा कोरोना संक्रमण, आजै ११ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
