२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

प्रहरीमा कोरोना संक्रमण, आजै ११ जना

प्रकाशित मिति : २०७७ भाद्र २७ गते

चितवन । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत १० जना सहित ११ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज बिहान आएको पिसीआर नतिजाको जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत १ प्रहरी र वडा प्रहरी कार्यालयमा कार्यरत विभिन्न तहका प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
वडा प्रहरी कार्यालयका प्रमुखसहित पाँच जनामा गत साता कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा ३९ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ५ जना निको भएर फर्किसकेका छन् भने अन्य ३४ जना आइसोलेसनमा रहेका छन् ।
वडा प्रहरी कार्यालयमा ९५ जनाको दरबन्दी भएको भए पनि हाल ४१ जना कार्यरत रहेका छन् । जसमध्ये अहिलेसम्म वडा प्रहरी कार्यालयमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कार्यरत रहेका मध्ये अधिकांशलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै कार्यालय शिल गरिएको छ ।
प्रवक्ता थापाका अनुसार वडाबाटै नमुना संकलन गरिएका अन्यको नतिजा आउन बाँकी रहेकाले सङ्क्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । वडा प्रहरी कार्यालयमा कोरोना सङ्क्रमण देखिएसँगै जिल्लाका प्रहरी विट तथा चौकीहरुमा उच्च सावधानी अपनाउन भनिएको उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20