सर्लाही / हरिवन नगरपालिका–५ घुर्कौलीमा क्यान्सरका कारण अहिलेसम्म ३१ जनाको मृत्यु भइसकेको छ । तीन वर्षको अवधिमा ३१ जनाको क्यान्सर लागेर मृत्यु भएको र ३४ जनाभन्दा बढीले अहिले उपचार गराइरहेका छन् ।
चापाकलको पानी दूषित भएकै कारण पूरै गाउँमा केही वर्षदेखि क्यान्सर संक्रमण भएको स्थानीयको भनाइ छ । ‘अहिले प्रत्येक घरमा एक÷दुई जना क्यान्सरका रोगी छन् । उनीहरूमध्ये धेरै जनाको घाँटी र फोक्सोमा क्यान्सरको संक्रमण देखिएको छ ।
चापाकलको पानीमा अत्यधिक आर्सेनिक र कोलिफर्म भएकाले गाउँमा क्यान्सर फैलिएको हो।’ –हरिवन नगरपालिका–५ वडाध्यक्ष नागेन्द्रसाह बताउनुहुन्छ । ‘कात्तिकदेखि यतामात्र क्यान्सर लागेर पाँच जनाको मृत्यु भइसक्यो, अहिले धेरै जनाले उपचार गराइरहेका छन् । हरिवनमा रहेको इन्दुशंकर चिनी कारखानाले केमिकल मिसिएको पानी लखन्देहीखोलामा बगाउँदा गाउँमा क्यान्सरका रोगी बढेका हुन् ।’ –वडाध्यक्ष साह दाबी गर्नुहुन्छ ।
साविकको घुर्कौली गाविसको गोले टोल, सिद्धार्थ टोल र धनपति टोलमा क्यान्सर संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । चापाकलको पानी दूषित भएर गाउँका धेरै जनामा क्यान्सर देखिएपछि अहिले त्यहाँका स्थानीयले फिल्टर गरेको र जारको पानी किनेर खान बाध्य भएका छन् ।
स्थानीय धनबहादुर घिसिङ भनुहुन्छ– ‘क्यान्सर लागेर गाउँ नै सकिने भयो, के गर्नु जाऊँ भने कहाँ जाऊँ, भए भरको सबै जग्गा–जमिन यहीं छ । खानेपानीकै कारण क्यान्सर लागेको भन्छन्, सधैं पानी किनेर खान पनि सकिँदैन ।’
घुर्कौलीमा दूषित पानीकै कारण क्यान्सर लागेको भन्ने शंका छ, त्यही भएर स्थानीयलाई नगरपालिकाले केही समय अघि बाहिरबाट पानी ल्याएर खुवाउने गरेको थियो । ‘अहिले डिप बोरिङ र सर्मसियल गाडेर खानेपानीको व्यवस्था नगरपालिकाले गरेको छ । अबको एक वर्षभित्र गाउँमा खानेपानीको धारा पु¥याउने तयारी हँुदै छ ।’ –नगर प्रमुख गणेशप्रसाद प्रसाईंले बताउनुभयो ।
वडा नम्बर ५ को वडा कार्यालयले अहिलेसम्म ५० जना क्यान्सर पीडितलाई उपचारका लागि सिफारिस गरेको छ । त्यसमध्ये केही उपचारकै क्रममा छन् भने केहीको मृत्यु भइसकेको छ । गाउँका धेरै जनालाई क्यान्सर लागेपछि अहिले गाउँलेले चापाकलको पानी खान छोडेका छन् । क्यान्सरको उच्च जोखिमबाट तीन टोलका झन्डै ७ सय घर परिवार प्रभावित भएको स्थनानीयको भनाइ छ । क्यान्सरको डरले गाउँमा रहेका सबैजसो चापाकल दुई वर्षदेखि बन्द भएका छन् ।
जहिलेदेखि हरिवनको चिनी मिलले फोहोरपानी लखन्देहीखोलामा बगाउन थाल्यो, त्यही बेलादेखि कलको पानीमा कालो–पहेंलो आउन थाल्यो । अहिले त चापाकलको पानीले लुगा धुँदा, भाँडा माज्दासमेत कालो र पहेंलो हुने गरेको छ । पानीखाने कुरा त परै जाओस् ।’ –स्थानीय शनिमाया गोले भन्नुहुन्छ ।
क्यान्सर लागेर मृत्यु हुनेमा १३ वर्षका बालबालिकादेखि ७५ वर्षका वृद्धवृद्धासमेत रहेका छन् । कात्तिकदेखि यतामात्र क्यान्सर लागेर ६ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा स्थानीय रूपलाल घिसिङ, बाबुलाल स्याङ्तान, नन्दलाल मोक्तान, रामविराज राय र नहिला खातुन रहेका छन् ।
त्यसै गरी गत दुई वर्षको बीचमा क्यान्सरबाट ३१ जानको मृत्यु भएको छ । यसभन्दा अघि मृत्यु हुनेमा स्थानीय रामचन्द्र महतो, लालमाया योञ्जन, धनराज पाख्रिन, वीरबहादुर लामा, नन्दलाल मोक्तान, जितबहादुर थिङ, लालबहादुर योञ्जन, बाबुलाल स्याङ्तान, नरबहादुर योञ्जन, मीनामाया डोम्जन छन् ।
त्यसैगरी डोमबहादुर मोक्तान, राजकुमार डोम्जन, मेघबहादुर मोक्तान, बुद्धिमान स्याङ्तान, शंकर थिङ, सानुमान जिम्बा, सानुमान बल, सीताराम मोक्तानको क्यान्सरकै कारण मृत्यु भइसकेको वडाध्यक्ष साहले जानकारी दिनुभयो । पुष्पा थापाले नेपाल समाचार पत्र दैनिकमा समाचार लेखेका छन् ।
- ADVERTISEMENT -

इन्दुशंकर चिनी कारखानाकाे फोहोरले गाउँ नै ‘क्यान्सर रोगी’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96












