April 29, 2025

चितवनमा थप २८, भरतपुरका मात्रै संक्रमित ११ जना

September 14, 2020
- ADVERTISEMENT -

चितवन / भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा आइतबार गरिएको परिक्षणमा चितवनका थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुरका ११ र अन्य पालिकाका १७ जना गरी थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
डा अधिकारीका अनुसार चितवनका वडा नम्बर ५,६,८,१०,१२ र १८ का रहेका छन् भने ती मध्ये ७ जना पुरुष र ४ जना महिला रहेका छन् । संक्रमित महिलाहरुको उमेर ३१ बर्ष देखि ५५ बर्ष रहेको छ भने पुरुषहरु २३ बर्ष देखि ५२ बर्ष सम्म उमेरका छ्न । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र र क्वारेन्टिनवाट स्वाब संकलन गरिएको हो ।
यस्तै थप संक्रमितहरुमा कालिका नगरपालिका वडा नम्बर ८ र ३ का ५ जना पुरुष र ५ जना महिलामा समेत कोरोना संक्रमण देखिएको छ । उनीहरु २ वर्षका बालकदेखि ४६ बर्ष सम्मका पुरुष र ४ बर्षकी बालिकादेखि ४१ बर्षसम्मका महिला रहेका र उनीहरुको क्वारेन्टिनबाट स्वाब लिइएको डा अधिकारीले बताउनुभयो ।
थप संक्रमितहरुमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ३१ बर्षका पुरुष र इच्छाकामना गाउपालिकाका ६ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको हो । उनिहरुको उमेर समूह २४ बर्ष देखि ५१ बर्ष रहेको र उनीहरुको स्वाब क्वारेन्टिनबाट लिइएको हो । प्रयोगशालामा आइतबार १७३ नमुना परिक्षण गर्दा २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

- ADVERTISEMENT -