चितवन / नारायणगढ–मुग्लिन सडक खण्डमा बिहान ८ः२५ बजे दुईवटा ट्रक एक आपसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन् ।
काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख २४२३ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ८०११ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
प्रवक्ता थापाका अनुसार ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा ट्रक ठक्कर खाँदा ट्रकका चालक र ट्रकमा सवार चार जना घाइते भएको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्यको मध्यम रहेको उहाँले बताउनुभयो ।
घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उहाँको भनाइ छ ।
दुई ट्रक जुद्धा ६ जना घाइते
September 14, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
