चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा करिब एक महिनापछि आज बिहीबारदेखि झनै खुकुलो बनाइएको छ ।
यसअघि साउन २८ गतेदेखि सुरु भएको निषेधाज्ञा पछिल्लो समय असोज १ देखि ७ गतेसम्म आइपुग्दा झनै खुकुलो पारिएको हो । विभिन्न संघ–संगठन तथा व्यवसायिक प्रतिष्ठानहरुको चौतर्फी विरोध, ज्ञापन–पत्र लगायत निम्न वर्गीय मानिसहरुमा पर्न गएको समस्याका कारण प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा झनै खुकुलो बनाइएको हो ।
प्रशासनबाट निषेधाज्ञा खुकुलो बनाएसँगै आजबाट छोटो तथा लामो दुरीका सार्वजनिक सवारी साधनहरु संचालनमा आएका छन् । जिल्लाभित्र गुड्ने सवारी साधनलाई जोर विजोर प्रणाली लागु गरेको छ । सडकमा सवारी साधन चलाउनेहरुको सख्या बढेको छ भने प्रहरीले चेकजाँजमा पनि कडाई गरेको छ ।
जोर गतेका दिन जोर नम्बरका र बिजोर गतेका बिजोर नम्बरका निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधनहरु चलाउन पाइने गरिएको छ । पहिलो दिन सुरक्षाकर्मीले चितवनका विभिन्न ठाउँमा कडा चेकजाच गरेका छन् । बिहान भरतपुरको वीरेन्द्र क्याम्पस अगाडि सबै प्रकारका सवारीसाधन रोक्दै पशासनको मापदण्ड नमान्ने मोटरसाइकल म्याजिक लगायतका सवारी साधनलाई कारवाही गरिएको छ ।
प्रशासनको सूचना अनुसार अनलाइन शिक्षा मात्र सञ्चालन गर्नुपर्ने, पर्यटकीय होटलहरुमा पर्यटन बोर्डले तोकेको मापदण्ड अनुसार पाहुना राख्न पाउने व्यवस्था मिलाइएको छ । अब जिल्लाभित्र निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक सवारी साधनको हकमा मापदण्ड तोकिएको छ ।
अटो रिक्सामा बढीमा २ जना, म्याजिक भ्यानमा ५ जना राखेर चलाउनु पर्ने छ भने बसमा पूरा सिटको आधामा मात्र यात्रु राख्नु पर्ने, यात्रु, चालक, सहचालकले अनिवार्य मास्क लगाउनु पर्ने, सवारीको ढोकामा स्यानिटाइजर राख्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।
आइसोलेसन, क्वारेन्टाइन, टेक अवे सञ्चालन गर्ने होटेल तथा रेस्टुरेन्टका कामदार, सार्वजनिक सवारीका चालक र सहचालकले महिनामा एक पटक पीसीआर परीक्षण गर्नु पर्ने छ । चितवनमा कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले परिवर्तित आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा असोज १ देखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञामा परिमार्जन गरिएको हो ।
- ADVERTISEMENT -

आजबाट चितवनमा निषेधाज्ञा खुकुलो, सवारी चेकजाँचमा कडाइ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













