२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

३ केजी अवैध गाजासहित ४ जना पक्राउ

प्रकाशित मिति : २०७७ आश्विन २ गते
file photo.
- ADVERTISEMENT -

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ मुग्लिन पुलजीपबाट प्रहरीले लागुऔषध गाँजासहित बिहीबार चार जनालाई पक्राउ गरेका छन् ।
मुग्लिङबाट आँबुखैरेनीतर्फ पैदल आउँदै गरेका चार जनालाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीको पुलजीपमा खटिएको प्रहरी टोलीले लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्वत घर भई हाल पोखरा सिर्जनाचोक बस्ने १८ वर्षीय कुशल सुनार, स्याङ्जा घर भई हाल सोही ठाउँ बस्ने वर्ष २८ को रोशन गुरुङ, गोरखा घर भई हाल सोही ठाउँ बस्ने १९ वर्षीया पूजा गुरुङ र कास्कीको पोखरा महानगरपालिका–८ बस्ने ३९ वर्षीय सुरज विश्वकर्मा रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
प्रहरीले निजहरुको साथबाट ३ हजार २ सय ४० ग्राम गाँजा बरामद गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -