April 29, 2025

जंगली हात्तीले गरे धानबाली नष्ट, कृषकहरु चिन्तित

September 19, 2020
फोटो : बुलबुल खबर ।
- ADVERTISEMENT -

–गोपाल विश्वकर्मा
चितवन / विगत केही दिन यता राप्ती ३ अन्तर्गत पर्ने पर्सौनीका अधिकांश कृषकका धानबाली जंगली हात्तीले सखाप पार्दै आएको छ । रातिको समयमा ३/४ वटा जंगली हात्ती खेतमा प्रवेश गरी बाला लागीसकेको धानबाली नष्ट गर्दै आएपछि स्थानीय कृषकहरु यतिखेर चिन्तित छन् ।
कङ्कृट वाल निर्माणका लागि प्रदेशको भुमि ब्यवस्था तथा कृषि मन्त्रालयबाट गत २०७५÷०७६ को बिनियोजित बजेट मध्यको १४ करोडको काम हुन ढिलाइ भएपछि पर्सौनीका कृषकहरुलाई यो समस्या परेको हो ।
हरेक राति जङ्गली हात्ती धानवालीमा प्रबेश गरी धान खाने, माड्ने गर्दै आएको छ भने बस्तीभित्रका मानवको जीवनमा पनि उत्तिकै त्रास छाएको छ ।
स्थानीय तथा सम्बन्धित निकायमा पीडितहरुको गुनासो आए लगतै लोथर उपभोक्ता समिति राप्ती १ का अध्यक्ष मानबहादुर स्याङ्बो, राप्ती नगरपालिकाका कृषि शाखा अधिकृत बिजय डल्लाकोटी, रेन्जर राम कुवर, शान्ति सामुदायिक वन उपभोक्ता समूह राप्ती ३ का अध्यक्ष ज्ञानबहादुर राई, प्रकाश उप्रेती र वन्यजन्तु चोरी शिकारी नियन्त्रणका अध्यक्ष हरिबहादुर घिमिरे लगायतले नस्ट गरेको धानको अवलोकन गरेका थिए ।
जंगली जनावरले प्रवेश गरी खेतबारी र गाउबस्तीमा रोक्न तत्काल कङ्कृट वाल निर्माणका लागि सम्बन्धित निकायलाई घच्घचाउने लोथर उपभोक्ता समिति (बफर्जन) का अध्यक्ष मानबहादुर स्याङ्बोले बताउनुभयो ।
त्यस्तै क्षतिलाई सम्बोधन गर्न सम्बन्धित निकायमा पुर्याउने र आफ्नो तर्फबाट हदैसम्मको प्रयास हुने राप्ती नगरपालिका कृषि शाखा अधिकृत बिजय डल्लाकोटिले आश्वासन दिनुभयो ।

- ADVERTISEMENT -