२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २०७७ आश्विन ५ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा सोमबार थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ र बाराका एक जना गरी २३ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा खैरहनी नगरपालिकाका १५ जना, भरतपुर महानगरपालिकाका ४ जना, रत्ननगर नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा खैरहनीका ७ महिने बालिका समेत रहेकी छिन् । यस्तैगरी बाराको जितपुर–१५ का ६८ वर्षीय पुरुषको पनि संक्रमण पुष्टि भएको छ ।

- ADVERTISEMENT -