२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पीसीआर परीक्षणका लागि प्रभावकारी बन्दै घुम्ती बुथ ट्रेसिङ

प्रकाशित मिति : २०७७ आश्विन ७ गते
फोटो / गुगल
- ADVERTISEMENT -

काठमाडौँ / उपत्यकाका स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङमा परेकाको पीसीआर परीक्षणका लागि घुम्ती स्वाब संकलन बुथ सञ्चालन गरेपछि संक्रमित पत्ता लगाउन सहज भएको छ । कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिन नदिन नगरपालिकाले जोखिमयुक्त वडा र टोलको पहिचान गरी स्वास्थ्यकर्मी खटाएर स्वाब संकलन सुरु गरेको सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले बताए ।
बुथ सञ्चालनका लागि नेपाली सेनाको वीर दल गण सूर्यविनायकले नगरपालिकाको टिपर ‘मोडिफाइ’ गरेको छ । उक्त टिपर नगरको १० वटै वडाको जोखिमयुक्त क्षेत्रमा पु¥याएर स्वास्थ्यकर्मीले स्वाब संकलन गर्ने गरेका छन् । घुम्ती स्वाब संकलनमा सम्बन्धित वडाका वडाध्यक्ष, नगर उपप्रमुख जुना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ८ का वडाध्यक्ष किरण थापा, स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईंलगायत ६ जना स्वास्थ्यकर्मीको टोली खटिएका छन् ।
संयोजक थापाका अनुसार सोमबारसम्म नगरक्षेत्रभित्र कन्ट्याक्ट ट्रेसिङमा परेका ९ सय ६४ जनाको स्वाब संकलन गरिएको छ । तीमध्ये ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा परेका २ हजार जनाको स्वाब संकलन गर्ने योजनाअनुरूप घुम्ती स्वाब संकलन बुथ सञ्चालन गरेको जनाएको छ ।
चाँगुनारायण नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा परेकाको संख्याको आधारमा पीसीआर परीक्षण गराएको छ । ‘थोरै व्यक्तिको पीसीआर गर्नुप¥यो भने नगरपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष एम्बुलेन्समार्फत अस्पताल पु¥याएर स्वाब संकलन गर्ने गरिएको छ,’ नगरप्रमुख सोमप्रसाद मिश्रले भने, ‘धेरैको गर्नुपरे स्वास्थ्यकर्मीले सम्बन्धित स्थानमै पुगेर स्वाब संकलन गर्ने गरेका छन् ।’ उनका अनुसार संक्रमण पुष्टि भई ‘होम आइसोलेसन’मा बसेकाहरूको सचेतनाका लागि ‘जुम क्लास’ समेत सञ्चालन हुने गरेको छ । प्रत्येक दिन ‘होम आइसोसनमा डाक्टर’ शीर्षक कार्यक्रममा कोरोना संक्रमित, चिकित्सक, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीबीच छलफल हुन्छ ।
मध्यपुर थिमि नगरपालिकाले कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूलाई नेपाल कोरोना मैत्री नगरपालिका अस्पतालमा बोलाएर पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दै आएको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार भदौ १ गतेदेखि सोमबारसम्म ३ हजार जनाको स्वाब संकलन भएको र तीमध्ये ५ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, काठमाडौं महानगरपालिकाले कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ज्येष्ठ नागरिकको घरमै स्वाब संकलन गरिरहेको जनाएको छ । महानगरको कोभिड फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार कोरोना संक्रमितको क्लोज कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको हरेक वडामा स्वाब संकलन गरिरहेको छ । ‘महानगरपालिकाले हरेक वडाको फरक–फरक ठाउँमा गएर स्वाब संकलन गर्ने गर्छ,’ उनले भने, ‘घुम्ती स्वाब संकलन गर्ने बुथ सञ्चालन गर्ने योजना छ ।’ महानगरपालिकाले हालसम्म १० हजारभन्दा बढीको स्वाब संकलन गरिसकेको छ ।
महालक्ष्मी नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूको संख्या हेरेर वडाका विभिन्न ठाउँमा स्वाब संकलन गरिरहेको जनाएको छ । १५ देखि ३० जनाको एकै ठाउँमा स्बाव संकलन गरिरहेको नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक भरत बोहराले बताए । होम आइसोलेसनमा बसेका संक्रमितको घरमै गएर कन्ट्याक्ट ट्रेसिङ गर्ने र त्यसको तथ्यांक स्वास्थ्य कार्यालय ललितपुरमा पठाइसकेपछि स्बाव संकलन गर्ने गते र ठाउँ तोकिने उनले बताए ।
ललितपुर महानगरपालिकाले कन्ट्याक्ट्र ट्रेसिङमा परेकालाई अस्पतालमै लगेर स्वाब संकलन गरिरहेको जनाएको छ ।
–कान्तिपुरबाट । (यो समाचार लक्ष्मी श्रेष्ठ र सीमा तामाङले लेखेका हुन् ।)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04