Opens in a new tab
२०८३ आश्विन १३, मंगलवार
September 29, 2026
२०८३ आश्विन १३, मंगलवार
September 29, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कामदार धेरै पठाउने २०२३ को नेपाल पहिलो मुलुक

प्रकाशित मिति : २०८१ भाद्र २३ गते

काठमाडौं / पछिल्ला समय दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको संख्याले उक्त तथ्यलाई पुष्टि गर्छ ।

सन् २००८ देखि दक्षिण कोरियाले ईपीएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । ईपीएस सुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाको तथ्यांकअनुसार हालसम्म नौ लाख १९ हजार ६३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् । सन् २०२४ का लागि मात्रै हालसम्मकै बढी एक लाख ९९ हजार ११३ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । हालसम्म पाँच लाख ४८ हजार ७७१ जना भाषा परीक्षामा सहभागी भएका छन् ।

एक लाख बढीले पाए रोजगारी
ईपीएसअन्तर्गत वैदेशिक रोजगारीमा दक्षिण कोरिया जाने संख्या लगातार वृद्धि हुँदै गइरहेको छ । हालसम्म ९८ हजार ३१० पुरुष र सात हजार २४३ महिला गरी एक लाख पाँच हजार ५४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका ईपीएस शाखाका प्रमुख मैयाँ कँडेल बताउँछन् ।

ईपीएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जान थालेको १७ वर्षका अवधिमा सबैभन्दा बढी सन् २०२३ मा १९ हजार ६८९ जना दक्षिण कोरिया प्रस्थान गरेका छन् । सन् २०२३ मा नेपाल कामदार बढी पठाउने मुलुक बन्न सफल भएको थियो । सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार २८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् ।

दक्षिण कोरियाले ईपीएसअन्तर्गत नेपालसहित इण्डोनेसिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, श्रीलङ्का, मङ्गोलिया, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बंगलालादेश, कीर्गिस्तान, म्यानमार, टिमोर–लेस्टे, लाओस र ताजकिस्तानबाट श्रमिक भित्र्याउँदै आएको छ । नेपालले सन् २०१५ मा ‘वेष्ट प्राक्टिस आउटस्टयान्डिङ एवार्ड’समेत प्राप्त गरिसकेको छ ।

नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत नेपाली कामदार दक्षिण कोरिया पठाउन मन्त्रीस्तरीय सम्झौता भएको थियो । सन् २००८ देखि नेपाली श्रमिक रोजगारीका लागि दक्षिण कोरिया जान थालेका हुन् । अहिले पनि दक्षिण कोरियामा करिब ५० हजार नेपाली श्रमिकले काम गरिरहेका शाखाका निर्देशक कँडेल बताउँछन् ।

दुई देशबीचको रोजगार सम्झौता प्रत्येक दुई–दुई वर्षमा नवीकरण हुँदै आएको छ । पछिल्लोपटक सन् २०२२ मा सो सम्झौता नवीकरण भएको थियो । (मकालु खबरबाट)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
174.30
174.98
UK Pound Sterling
1
202.78
203.58
Swiss Franc
1
184.68
185.41
Australian Dollar
1
107.47
107.89
Canadian Dollar
1
108.18
108.61
Singapore Dollar
1
119.76
120.23
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.75
40.91
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.56
37.70
South Korean Won
100
11.30
11.34
Swedish Kroner
1
15.43
15.49
Danish Kroner
1
23.31
23.41
Hong Kong Dollar
1
19.51
19.58
Kuwaity Dinar
1
497.27
499.22
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.42
398.98