चितवन / सामाजिक सञ्जाल इमो मार्फत ठगी गर्ने २ जना पक्राउ परेका छन् । मोरङबाट पक्राउ परेका २ जनाले ईमोमा २५ लाखको चिट्ठा परेको भन्दै चितवनस्थित कालिका नगरपालिका–४ की ४४ वर्षीया सीता थपलियालाई ठगी गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिनुभयो ।
प्रनाउ कार्कीका अनुसार मोरङ विराटनगर महानगरपालिका वडा नं ११ वस्ने २७ वर्षीय साहिल हुसेन अन्सारी र सोही स्थानका वडा नं ९ वस्ने २७ वर्षीय कामेश्वर स्वर्णकारलाई पक्राउ गरेको हो । पीडित थपलिया २ लाख ८० हजार रकम ठगिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
पीडित महिलालाई चिट्ठा वातपको पैसा पच्चीस लाख पाउने आशमा पहिलो पटक ५५ हजार, दोश्रो पटक ४५ हजार रकम आइएमई मार्फत मोरङमा पठाउन लगाएको अनुसन्धानबाट खुलेको प्रनाउ कार्कीले बताउनुभयो ।
पक्राउ परेका दुबैलाई म्याद थप गरी अनुसन्धान कार्य भइरहेको उहाँको भनाइ छ ।
२५ लाखको प्रलोभन देखाइ ठगी गर्ने २ पक्राउ
September 24, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
