May 18, 2024

चितवनमा संक्रमित थप ४५, भरतपुरका मात्रै ३३ जना

September 29, 2020

चितवन / चितवन मेडिकल कलेज कोभिड–१९ परीक्षण प्रयोगशालामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा चितवनका ३७ सहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको ल्याब प्रमुख डा नवीनकुमारी चौधरीले जानकारी दिए ।
डा चौधरीका अनुसार सोमबार गरिएको २ सय ६८ जनाको परिक्षणका क्रममा ४५ जना कोरोना संक्रमित भेटिएको हो । संक्रमण पुष्टि हुनेमा ३३ जना भरतपुर महानगरपालिकाका, खैरहनी नगरपालिकाका २ जना र रत्ननगरका २ जना रहेका छन् ।
यस्तै संक्रमण देखिनेमा नवलपुरका ४ जना, काठमाडौं, ललितपुर, धनुषा र बाराका १–१ जना रहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -