April 13, 2024

नेपालमा कोरोना संक्रमित थप १९११ जना

October 1, 2020

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङ मार्फत थप १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये काठमाडौं उपत्यकाका मात्र ९४३ जना रहेका छन् । जसमा काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ९६१ जना घर फर्केका छन् ।

- ADVERTISEMENT -