काठमाडौँ / कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप प्रयोगमा आइहाले पनि त्यसको प्रभाव देखिन कम्तीमा ६ महिना लाग्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । कोरोना भाइरस महामारीको एक मात्र विकल्पका रुपमा खोपलाई लिइरहँदा नेतृत्वदायी वैज्ञानिकहरुको समूहले खोपको प्रभावकारी प्रयोगमा आएको कम्तीमा ६ महिनाअघि जनजीवन सामान्य नहुने चेतावनी दिएको हो ।
२०० भन्दा बढी खोप निर्माणको चरणमा रहेको तथा ४० भन्दा बढी खोप परीक्षणको विभिन्न चरणमा रहेकाले छिट्टै महामारी नियन्त्रणमा सफलता मिल्ने विश्व स्वास्थ्य संगठनले जनाउँदै आएको छ । तर, खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने रोयल सोसाइटी अन्तर्गत डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
खोपका विषयमा तथ्यपरक भएर विश्लेषण गर्न जरूरी रहेको उनीहरूको प्रतिबेदनमा औँलाइएको छ । खोप प्रयोगमा आइसकेपछि पनि संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्नु पर्ने उनीहरूले सुझाएका छन् । इम्पेरियल कलेज लण्डनको नेशनल हार्ट एण्ड लङ्ग इन्स्टिच्युडकी डा।फिओना कलीका अनुसार महामारी अन्त्यका लागि खोपसँग ठूलो आश भए पनि खोप विकासका चरणमा विगतमा भएका धेरै असफलताहरु पनि बिर्सन मिल्दैन ।
बेलायत तथा अमेरिकासहितका देशमा यहि वर्षको अन्त्यसम्ममा केही मानिसले खोप पाउने र जनजीवन सामान्य हुने अपेक्षा गरिरहँदा वैज्ञानिकहरूले निराशाजनक प्रतिबेदन सार्वजनिक गरेका छन् । यद्यपि खोप आएपछि भने विकल्पविहिन अवस्था भने नहुने जनाइएको छ ।
‘खोप विकास भएपछि प्रयोगमा आएको महिना दिन भित्रै सबैले लगाउन पाउँछन् भन्ने हुँदैन,’ इम्पेरियल कलेज लण्डनकी केमिकल इन्जिनियरिङ्ग विभाग प्रमुख निलय शाहले भने, ‘खोप लगाउने प्रक्रिया पूरा हुनका लागि ६ महिनादेखि एक वर्षसम्म लाग्छ । त्यसैले आउँदो मार्चमा जनजीवन सामान्य अवस्थामा फर्किने सम्भावना छैन ।’
- ADVERTISEMENT -

- ADVERTISEMENT -

कोरोनाको खोप प्रयोगपछि पनि जनजीवन ६ महिना अघि सामान्य नहुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80














