२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

कोरोनाको खोप प्रयोगपछि पनि जनजीवन ६ महिना अघि सामान्य नहुने

प्रकाशित मिति : २०७७ आश्विन १६ गते

काठमाडौँ / कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप प्रयोगमा आइहाले पनि त्यसको प्रभाव देखिन कम्तीमा ६ महिना लाग्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । कोरोना भाइरस महामारीको एक मात्र विकल्पका रुपमा खोपलाई लिइरहँदा नेतृत्वदायी वैज्ञानिकहरुको समूहले खोपको प्रभावकारी प्रयोगमा आएको कम्तीमा ६ महिनाअघि जनजीवन सामान्य नहुने चेतावनी दिएको हो ।
२०० भन्दा बढी खोप निर्माणको चरणमा रहेको तथा ४० भन्दा बढी खोप परीक्षणको विभिन्न चरणमा रहेकाले छिट्टै महामारी नियन्त्रणमा सफलता मिल्ने विश्व स्वास्थ्य संगठनले जनाउँदै आएको छ । तर, खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने रोयल सोसाइटी अन्तर्गत डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
खोपका विषयमा तथ्यपरक भएर विश्लेषण गर्न जरूरी रहेको उनीहरूको प्रतिबेदनमा औँलाइएको छ । खोप प्रयोगमा आइसकेपछि पनि संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्नु पर्ने उनीहरूले सुझाएका छन् । इम्पेरियल कलेज लण्डनको नेशनल हार्ट एण्ड लङ्ग इन्स्टिच्युडकी डा।फिओना कलीका अनुसार महामारी अन्त्यका लागि खोपसँग ठूलो आश भए पनि खोप विकासका चरणमा विगतमा भएका धेरै असफलताहरु पनि बिर्सन मिल्दैन ।
बेलायत तथा अमेरिकासहितका देशमा यहि वर्षको अन्त्यसम्ममा केही मानिसले खोप पाउने र जनजीवन सामान्य हुने अपेक्षा गरिरहँदा वैज्ञानिकहरूले निराशाजनक प्रतिबेदन सार्वजनिक गरेका छन् । यद्यपि खोप आएपछि भने विकल्पविहिन अवस्था भने नहुने जनाइएको छ ।
‘खोप विकास भएपछि प्रयोगमा आएको महिना दिन भित्रै सबैले लगाउन पाउँछन् भन्ने हुँदैन,’ इम्पेरियल कलेज लण्डनकी केमिकल इन्जिनियरिङ्ग विभाग प्रमुख निलय शाहले भने, ‘खोप लगाउने प्रक्रिया पूरा हुनका लागि ६ महिनादेखि एक वर्षसम्म लाग्छ । त्यसैले आउँदो मार्चमा जनजीवन सामान्य अवस्थामा फर्किने सम्भावना छैन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10