२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

क्यान्सर अस्पतालबाट ३८ करोडको निःशुल्क उपचार

प्रकाशित मिति : २०७७ आश्विन १६ गते

रत्ननगर / विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट एक वर्षको अवधिमा रु ३८ करोडको निःशुल्क उपचार सेवा प्रदान गरिएको छ ।
अस्पतालको तथ्याङक अनुसार सन् २०१९ मा अस्पतालबाट उपचारमा आउने बिरामीको स्वास्थ्य अवस्था अनुसार निःशुल्क सेवा प्रदान गरिएको हो । यो अवधिमा अस्पतालले म्याक्स फाउण्डेसनको सहयोगमा रक्त क्यान्सरका बिरामीलाई रु २० करोड १९ लाख बराबरको निःशुल्क औषधि उपलब्ध गराएको छ । सन् २००४ देखि फाउण्डेशनले भरतपुरस्थित क्यान्सर अस्पतालमा रक्त र आन्द्रा क्यान्सरका बिरामीलाई तीन प्रकारका औषधि वितरण गर्छ । फाउण्डेशनले ग्लिभेक, निलोटिनिब र डासाटिनिब नामक औषधि उपलब्ध गराउँदै आइरहेको छ । यो औषधि अमेरिकाबाट नेपालका दुई अस्पताल पाटन अस्पताल काठमाडौँ र भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने गरेको छ ।
अस्पतालका अनुसार हाल ६३० बिरामीले यो सेवा लिइरहेका छन् । त्यस्तै विपन्न सेवामार्फत रु १६ करोडको निःशुल्क उपचार खर्चको सेवा प्राप्त गरेका छन् । सरकारले विपन्न एवं गरिब क्यान्सरका बिरामीका लागि रु एक लाख दिँदै आएको छ । अस्पतालमा उपचारका लागि आउने ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई रु १६ लाख ९६ हजार र १५ वर्षमुनिका बालबालिकालाई रु एक करोड ६७ लाख ४१ हजार बराबरको निःशुल्क सेवा दिइएको अस्पतालले जनाएको छ । सन् २०१९ मा बहिरङ्ग विभागमा उपचारका लागि आउने बिरामीको सङ्ख्या एक लाख ४५ हजार ७७६ छ ।
अस्पतालमा देशभर र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले सरकारले विपन्न सेवामा दिने अनुदानमा वृद्धि गर्नुपर्ने बताउनुभयो । कार्यकारी निर्देशक गौतमले विपन्न सेवामा दिने अनुदानलाई सरकारले रु दुई लाख पु¥याउन सके क्यान्सरका बिरामीलाई सहयोग पुग्ने बताउनुभयो ।
गएको १० वर्षको अवधिमा क्यान्सरको उपचारका लागि अस्पताल पुग्ने बिरामीको सङ्ख्या झण्डै १० गुणाभन्दा धेरैले बढेको अस्पतालको तथ्याङ्कले देखाएको छ । विश्वभरि क्यान्सरका विरामीहरूको तथ्याङ्क राख्ने एक संस्थाले गरेको अनुमानलाई आधार मान्ने हो भने नेपालमा वर्सेनि ५० देखि ७० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् । तीमध्ये ३५ प्रतिशत मात्रै अस्पतालमा आउने गरेका छन् । अस्पतालमा दर्ता भएका बिरामीहरुको सङ्ख्याको आधारमा नेपालमा तीव्ररुपमा क्यान्सर रोगी बढिरहेको चिकित्सकको भनाइ छ । क्यान्सरको उपचारका लागि विपन्न सेवामा रकम वृद्धि गर्नसके क्यान्सर लागेका बिरामी समयमै अस्पतालसम्म पुगे मृत्युदर पनि घट्ने चिकित्सकको अनुमान छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37