April 22, 2025

सिमलतालमा अटो र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

October 3, 2020
- ADVERTISEMENT -

चितवन / नारायणगढ मुग्लिन सडकखण्डमा अटो र मोटरसाइकल दुर्घटना भएको छ । दुर्घछनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए ।
प्रनि शर्माका अनुसार मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार तनहुँको घिरिङ गाउँपालिका ४ का ३५ वर्षीय जितबहादुर राना रहेका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो २ः४५ बजे मृत्यु भएको बताइएको छ ।
अन्य घाइते सात जना मध्ये ६ जनाको सोही अस्पतालमा तथा एक जनाको चितवन मेडिकल कलेज (सिएमसी) मा उपचार भइरहेको प्रहरीले बताए ।
दुर्घटनामा घाइते भएका अटो चालक नवलपुरको गैंडाकोट नगरपालिका ८ का ३७ वर्षीय सागर थापा, आटोमा सवार सोही स्थानकी २२ वर्षीया बिनिता थापा, २४ वर्षीया पुजा थापा, २३ वर्षीया रितु थापा, ८ वर्षीय समिर थापा र ५० वर्षीय मिनबहादुर थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।
यस्तै मोटरसाइकल चालक तनहुँको घिरिङ गाउँपालिका ४ का ३५ वर्षीय बेलबहादुर रानाको सिएमसीमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर–२९ सिमलतालमा नारायणगढबाट मुग्लिङतर्फ गइरहेको प्रदेश ३–०३००१ह ४४७ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको ना५०प ४५५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएको हो ।

- ADVERTISEMENT -