January 15, 2025
- ADVERTISEMENT -

मकवानपुरमा सुमो दुर्घटना, दुईको मृत्यु

October 4, 2020

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो आइतबार सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
मृतकको हाल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उहाँका अनुसार उक्त दुर्घटनामा परी सुमो चालकसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उक्त सुमोमा चालकसहित आठ जना सवार थिए । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -