२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

ससूरालाई बुबा बनाइ नागरिकता बनाउने प्रहरी हिरासतमा

प्रकाशित मिति : २०७७ आश्विन २१ गते
sketch
- ADVERTISEMENT -

सुर्खेत / ससुरालाई बुबा बनाएर नागरिकता बनाउने एकजना पक्राउ परेका छन् । दाङको बबई गाउँपालिका–७ का इमाम बक्स मियाँले ससूराको नामबाट छोरा बनी नागरिकता बनाउँदा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिए ।
प्रवक्ता ओलीका अनुसार इमामले गलत बाटो प्रयोग गरेर २०७५ भदौ २४ गते नागरिकता लिएका हुन् । नागरिकता लिँदा इमामले आफ्नो नाम पनि बदलेको उनले बताए । सक्कली नाम इमाम भए पनि नागरिकता लिदा समिर नामबाट लिएको उनले बताए ।
ससुराको नामबाट नागरिकता लिएको खुलेपछि इमाम र उनका ससुरा सल्यानको छत्रेश्वरी गाउँपालिका(७ का ४६ वर्षीय मुस्ताज मियाँलाई १५ दिन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

- ADVERTISEMENT -