–नवीनराज पौडेल
कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा बसेको आज शुक्रबार तेश्रो दिन भएको छ । होम आइसोलेशनमा बस्दा खासै असहज महशुस भएको छैन । लक्षण खासै नभएकाले सहज नै भएको छ । मैले आफूलाई धेरै सक्रिय राख्ने प्रयास गरेको छु । अन्य दिनहरुझैँ मैले आफ्नो जीवनयापनलाई सक्रिय नै राखेको छु । म संचारकर्मी तथा संचारउद्यमी भएका कारण पनि धेरै साथीहरुको शुभेच्छा पाएको छु । सामाजिक रुपमा पनि सक्रिय एवम् एउटा जिम्मेवार राजनीतिक दलको सदस्य भएको नाताले म धेरै हतोत्साही भएको छैन । होम आइसोलेशनमा बस्दा असामान्य लागे पनि जीवन र भोगाई सामान्य लागेको छ । यो महामारी फैलिएको झण्डै वर्षदिन हुन लाग्यो । हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या पनि अत्यधिक छन् । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा हिजो बिहीबार ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संख्या लाख नजिक पुगेको छ ।
झण्डै लाख पुग्नै लाग्दा कुल संक्रमितमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् । यस्तो तथ्याङ्कले मानव जीवनमा डर र त्रास जताततै देखिएको छ । खासगरी कोरोना संक्रमित हुँदा र धेरै संक्रमित परिवारलाई समाजले गरेको अमानवीय व्यवहारको विरोधमा मैले निरन्तर बोलेको छु, केही यस्ता कथाहरु छन् जुन पढ्दा र सुन्दा आँखा नरसाउने कोही हँदैनन् ।
आइसोलेशनमा बसेपछि कोरोनालाई मैले नजिकबाट चिनेँ । यस बारेमा अझै अध्ययन गर्दैछु । यसको प्रकृति, संक्रमणको प्याट्रन, यसको असरका बारेमा बुझदैछु । यो केही होइन म भन्दिन, यो मानव जीवनको लागि चुनौति नै हो । यसको रोकथामका लागि सतर्कता अपनाउनै पर्छ, ख्याल–ख्याल गर्दा धेरैको ज्यान गएको छ । अब सबै मिलेर व्यापक जनचेतना फैलाउनु पर्दछ । राज्यले गरेको जनचेतना पुगेको छैन औषधी उपचारमा समेत सरकार लाचार बनेको छ ।
जनतालाई घरभित्र थुन्नु र बन्दाबन्दी गर्नुमात्र विकल्प होइन । अब अरु उपाय खोजेर सतर्कता अपनाउदै जनजीबन सामान्य बनाउन पनि जरुरी छ । तर नेपालमा कोरोनाको पूर्व शर्त पालना गरी स्वास्थ्य सावधानी अपनाएको ज्यादै कम पाइएको छ । गरीब देश भएकोले यहाँ गरिबी धेरै छ अतः कोरोनाले भन्दा भोकले मर्ने मान्छेको संख्या बढी हुँदैछ । यसलाई सरकारले गम्भीर रुपमा सोचोस् भन्ने आग्रह छ । पत्तै नभैइकन कोभिड–१९ लागेकोमा दंग छु सबैलाई सजगता अपनाउन विनम्र अनुरोध गर्दछु ।
मलाई कोरोना अर्थात् कोभिड–१९ ले आक्रमण गरेको थाहा पाएपछि देशभरिका साथी शुभचिन्तक र आफन्तहरुले दिनहुँ फोन र एसएमएस गर्नुभएको छ । स्वास्थ्य अवस्था बुझ्नु भएको छ । आशीर्वाद, माया र हौसल्ला दिनुभएको छ । धेरै फोन रिसिभ गर्न सकिएको छैन, कतिलाई जवाफ फर्काउन सकिएको छैन, कतिसँग जवाफदेही हुन सकिएको छैन, यसलाई मेरो बाध्यता सम्झेर माफी दिनुहोला । यस्तै बेलामा को आफ्नो को अर्को भनेर चिन्न पनि पाइने रहेछ । मान्छेको माया र सद्भागको स्तर बुझ्न पनि पाइने रहेछ । कसले वास्ता गर्छ, चासो दिन्छ, चिन्ता गर्छ भन्ने कुरा थाहा पाइने रहेछ । मेरो र परिवारको स्वास्थ्य अवस्थामा चिन्ता व्यक्त गर्ने सबै प्रति आभारी छु ।
यहाँहरुको माया सद्भाव र हौसल्लाले मन पुलकित छु र ऋणी पनि । अहिले मेरो स्वास्थ्य अवस्था पूर्ण रुपमा स्थिर छ । कुनै लक्षण छैन अलिअलि ज्यान दुखेकोले पिसिआर गरेको हो । पोजेटिभ देखियो र उच्च मनोबलका साथ कोरोनासँग लडिरहेको छु । यहाँहरुको माया र आशीर्वादका अघि कोरोना हार्छ भन्ने मलाई पूर्ण विश्वाश छ । छिट्टै यसको नेगेटिभ नतिजाको पर्खाईमा छु । पुरानै अवस्थामा छिट्टै फर्कने छु भन्नेमा पूर्ण विश्वस्त छु र भगवान श्री पशुपतिनाथसँग प्रार्थना गरेको छु । म जस्तै संक्रमित सबैको स्वास्थ्यलाभको कामना पनि गर्दछु । जय नेपाल !!
- ADVERTISEMENT -

“थाहा पत्तो नै नभई कोरोना लागेछ !”

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10













