भरतपुर / भरतपुर महानगरका विभिन्न क्षेत्रमा आज शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । महानगरका ५ फिडर २ देखि ४ घण्टासम्म सटडाउन हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणका इञ्जिनियर विनोद सापकोटाका अनुसार भरतपुर सबस्टेशनबाट सञ्चालित फिडरमा सेवा अवरुद्ध हुनेछ । उनले बुश कटिङ गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने बताएका हुन् ।
कल्याणपुर फिडर :
सार्वजनिक गरेको सूचनामा कल्याणपुर फिडर अन्र्तगतका क्षेत्रहरु घोडापालनदेखि धर्मचोक, विकासचोक आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत सेवा रोकिने छ ।
नारायणगढ फिडर :
नारायणगढ फिडर अन्र्तगतका भरतपुर १० का केही क्षेत्र, लंकु, बाह्रघरे, फूर्तिचोक आसपासमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म, भृकुटी फिडर अन्र्तगतका नारायणगढ बजार, बसपार्क, क्षेत्रपुर आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि १० बजेसम्म लाइन काटिने छ ।
गैंडाकोट फिडर :
यस्तै दिउसो १ बजेदेखि बेलुका ४ बजेसम्म गैडाकोट फिडर अन्र्तगतका विशालचोक, आँपटारी, जुगेडी, सिमलताल आसपासका क्षेत्र र औद्योगिक २ अन्र्तगतका आँपटारीदेखि रामनगरसम्मका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।
आज भरतपुरका धेरै क्षेत्रमा विद्युत अवरुद्ध, फिडर अनुसार समयतालिका फरक
October 10, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
