काठमाडौं / सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उनीहरुको उपचारका लागि स्वास्थ्य मन्त्रालयलले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो ।
असोज २५ गते स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिटेन्ड कमाण्ड समितिको बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलले जानकारी दिए । उनले स्वास्थ्य सेवा विभागसँग भएका आइसीयु, भेन्टिलेटर अक्सिजनहरु सघन उपचारका लागि उपत्यकाका अस्पतालहरुमा व्यवस्थापन गर्ने निर्णय भएको पनि बताए ।
कोरोना संक्रमितको उपचारका लागि आइसीयु र भेन्टिलेटर व्यवस्थापन गर्न भन्दै मन्त्रालयले उपत्यकाका सबै अस्पतालहरुलाई आकस्मिक बाहेकका शल्यक्रिया नगर्न समेत निर्देशन दिएको छ ।
गौतमले अस्पतालहरुमा शल्यक्रियहरु कम भएमा आइसीयु र भेन्टिलेटरहरुमा कोरोना संक्रमितलाई राख्ने वेड उपलब्ध हुने बताए । उनले प्रदेशस्तरीय सरुवा अस्पताल निर्माण गर्न आवश्यक बजेट उपलव्ध गराइसकेको जानकारी दिए ।
यस्तै ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुसँग अन्य व्यक्तिको प्रत्यक्ष भेटघाट नहोस् भनेर वडा स्तरमा सचेतनात्मक कार्यक्रम गर्न निर्देशन दिने र वडा स्तरबाट नै होमआइसोलेसनमा भएका संक्रमित तथा उनीहरुको सम्पर्कमा आउनेहरुलाई निगरानी गर्न पनि निर्देशन दिने मन्त्रालयले निर्णय उनले जानकारी दिए ।
- ADVERTISEMENT -

सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














