२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

सञ्चारगृहले अटेरी गरेकाले आन्दोलनको घोषणा : महासंघ

प्रकाशित मिति : २०७७ आश्विन २८ गते

काठमाडौं / नेपाल पत्रकार महासंघले समस्याग्रस्त सञ्चार गृहविरुद्ध आन्दोलन घोषणा गरेको छ । कोरोना संकटका बीच पत्रकारको जागीर खोस्ने, तलब नदिनेलगायतका गतिविधि सञ्चार गृहले गरिरहेका बेला महासंघले मंगलबार त्यस्ता समस्याग्रस्त मिडिया हाउसविरुद्ध आन्दोलन घोषणा गरेको हो ।
महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै पटकपटकको आग्रहलाई विभिन्न सञ्चार गृहले अटेरी गरेकाले संघर्षमा जाने निर्णय गरिएको उल्लेख गरेका छन् ।
‘श्रमजीवी पत्रकारका समस्या थप गम्भीर र जटिल बन्दै गएकाले पत्रकारहरूका अगाडि आन्दोलन मात्र विकल्प देखिएको छ ,’ महासंघका महासचिव विष्टद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।
मिडिया हाउसविरूद संघर्ष घोषणा गरेको महासंघले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे अब अनुगमन गर्नेछ । त्यस्तो अनुगमन केन्द्र, प्रदेश र शाखाहरूमार्फत् गर्ने महासंघको योजना छ । अनुगमनका क्रममा जटिल समस्या देखिएमा सञ्चार गृहमा घेराउ, धर्ना, अनसनसहित संघर्षका कार्यक्रम गरिनेछ । त्यसका लागि उसले मातहतका एसोसिएट तथा प्रदेश समितिलाइ निर्देशन दिएको छ ।
‘नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र शाखाहरूमार्फत् श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे मिडिया अनुगमन कार्यलाई तीव्रता दिँदै जटिल समस्या देखिएका सञ्चार गृहविरुद्ध दबाबमूलक संघर्ष अघि बढाउने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेर पत्रकारका समस्या समाधान गर्नुपर्नेमा सरकार रमिते मात्रै बनेको आरोप पनि महासंघले लगाएको छ । पत्रकारको समस्यामा सरकार रमिते बनेकाले संघर्षमा जानुपर्ने अवस्था आएको उसको भनाइ छ ।
‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नुपर्ने सरकार रमिते मात्र बनिरहेको छ,’ जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘श्रमजीवी पत्रकारका समस्या थप गम्भीर र जटिल बन्दै गएको तथा पत्रकारहरूका अगाडि आन्दोलन मात्र विकल्प देखिएको छ ।’
कोरोना महामारी सुरुभएसँगै यसको बहानामा प्रतिष्ठित कान्तिपुरदेखि विभिन्न सञ्चारगृहले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिने काम गर्दै आएका छन् । यसविरुद्ध केही महिनादेखि पत्रकारहरू निरन्तर संघर्ष गरिरहेका छन् । तर पत्रकार महासंघ भने अहिलेसम्म यसमा प्रत्यक्ष जोडिएको थिएन । यसलाई लिएर महासंघ नेतृत्वको आलोचना भइरहेका बेला उसले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
महामारीमा सुरक्षितपूर्वक काम गर्ने वातावरण मिलाउन, कोरोना संक्रमित पत्रकारलाई उचित राहत दिन तथा रोकिएको पत्रपत्रिका वर्गीकरण छिट्टै टुंग्याउन पनि महासंघले माग गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36