काठमाडौं / नक्कली फेसबुक पेज बनाई अश्लील र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्वीरको स्वरुप बिगारेर असान्दर्भिक विषयवस्तु पोष्ट गर्ने व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ । प्रहरीको साइबर व्यूरोमा परेको उजुरीका आधारमा अनुसन्धान गरी अछामको ढकारी गाउँपालिका ५ बस्ने किरण बुढाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको व्यूरोले विज्ञप्ति जारी गरी जनाएको छ ।
उनले ख्यातिप्राप्त महिला कलाकारको फोटोको स्वरुप बिगारेर फेसबुक पेजमा राख्ने गरेको भनी निवेदन परेको थियो । हाम्रो ढकारी गाउँपालिका अनलाइन खबर नामको पेज बनाएर बुढाले अश्लील गतिविधि सञ्चालन गरेको पाइएको व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।
उनीविरुद्ध अछामको ढकारी गाउँपालिकाले नामको अनधिकृत पेज बनाई गाउँपालिकाको बदनाम गरेकाले खोजी गरी कानुनअनुसार कारवाहीका लागि व्यूरोमा पत्राचारसमेत गरेको थियो । सोही निवेदनका आधारमा उनीमाथि व्यूरोले अनुसन्धान थालेको थियो ।
उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेकाले हदैसम्मको सजाय माग दावी लिई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको व्यूरोले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच व्यूरोले बाल अश्लिलता फैलाउने काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने प्रविण ढकाल विरुद्ध समेत मुद्दा चलाइएको जनाएको छ । सामाजिक सञ्जाल र फेसबुक म्यासेन्जरबाट अश्लिल श्रव्यदृश्य पठाइ हैरानी पारेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनले विद्युतीय कारोबार ऐन अन्तरगतको कसुर गरेकाले काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको अर्यालले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नक्कली फेसबुकबाट अश्लील र आपत्तिजनक सन्देश पठाउने विरुद्ध मुद्दा दर्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.64
148.24

European Euro
1
168.55
169.24

UK Pound Sterling
1
195.27
196.06

Swiss Franc
1
186.56
187.31

Australian Dollar
1
103.07
103.49

Canadian Dollar
1
107.62
108.06

Singapore Dollar
1
115.01
115.48

Japanese Yen
10
9.24
9.28

Chinese Yuan
1
21.41
21.49

Saudi Arabian Riyal
1
39.34
39.50

Qatari Riyal
1
40.39
40.56

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.20
40.36

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
22.56
22.65

Hong Kong Dollar
1
18.86
18.94

Kuwaity Dinar
1
481.70
483.65

Bahrain Dinar
1
391.05
392.64

Omani Rial
1
383.48
385.04











