२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

गृहमन्त्री थापाद्वारा रणनीतिक योजनाका साथ अघि बढ्न प्रहरीलाई निर्देशन

प्रकाशित मिति : २०७७ आश्विन ३० गते
फोटो : तेमाल अनलाइन ।

काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ को महामारीका कारण नयाँ सुरक्षा चुनौती थपिएको विषम परिस्थितिमा निर्भिकताका साथ जिम्मेवारी निर्वाह गरेकोमा नेपाल प्रहरीको प्रशंसा गरेका छन् । नेपाल प्रहरीको ६५ औं स्थापना दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री थापाले अपराधको प्रवृत्ति विष्लेषण गरेर रणनीतिक योजनाका साथ अघि बढ्न प्रहरीलाई निर्देशनसमेत दिए ।
सङ्गठनको सुदृढीकरणमा मन्त्रालयको सकारात्मक सहयोग रहने उनले विश्वास दिलाए । प्रहरीको मनोबल उच्च बनाउन निर्देशन दिँदै गृहमन्त्री थापाले समाज र प्रहरी एक अर्काबाट भिन्न हुन नसक्ने भएकाले सोचमा परिवर्तनको खाँचो औँलयाए । उनले सङ्घीय संरचनामा गएपछि अग्रगामी विकास हुनेसमेत विश्वास व्यक्त गरे । समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीले गरेका काम कारवाहीका बारेमा जानकारी गराउँदै एक वर्षमा ४० हजार मुद्दा अनुसन्धान गरेको जानकारी दिए ।
उनले पद्धतिको विकास गर्ने चरणमा प्रहरी सङ्गठन रहेकोसमेत बर्ता । प्रहरी महानिरीक्षक थापाले पछिल्लो समयमा गरिएको एक अनुसन्धानले सरुवा, बढुवा र मिसनमा खटिने प्रहरी चयनको मापदण्ड पारदर्शी गर्नुपर्ने आवश्यकता औँल्याएको बताए । उनले प्रहरीले जागिर छाड्नुपर्ने कारणको बारेमा उक्त अनुसन्धानले केही तथ्यहरु औँल्याएको बताए ।
समारोहमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले अमर प्रहरी स्मारकमा पुष्प अर्पण गरेका थिए । सोही क्रममा सेवा निवृत्त प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले अमर प्रहरीका परिवारलाई छात्रवृत्ति प्रदानमा सहयोग पुर्याउने उद्देश्यले ११ लाख रुपैयाँको ‘अच्युत– मीना अक्षयकोष’ स्थापना गरी प्रहरी महानिरीक्षकलाई नगद हस्तान्तरण गरे । समारोहमा निवृत्त प्रहरी उपरीक्षक तुलाबहादुर केसीलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36