चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तिब्र बनाएको छ । पछिल्लो समय बजारमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय चितवनले बजार अनुगमनलाई तिब्र बनाएको हो ।
अनुगमनका क्रममा आम उपभोक्ता ठगी गरेको आरोपमा ५ वटा पसललाई जरिवाना गरिएको छ । मूल्यसूची नराखी सामान बिक्री वितरण गरेको आरोपमा चितवनका ५ वटा पसललाई पचास–पचास हजार जरिवाना गरिएको छ ।
जिल्ला प्रसाशन कार्यालय चितवन, वाणिज्य कार्यालय विरगंज र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भरतपुर महानगरपालिकाभित्र बजार अनुगमनमा मूल्यसूची नराखेको तथा खरिद र बिक्री बिल उपलब्ध गराउन नसकेको एवं म्याद गुज्रेका सामानहरु संचित गरी राखेको आरोपमा चितवनका निर्जला स्टोर्स, सुनिता खाद्य उद्योग, जय श्री बालाजी ट्रेडर्स, शुलभ खाद्य भण्डार र शुभम फ्रुट ट्रेडर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम ५०–५० हजारको दरले २ लाख ५० हजार रुपैया जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका साहयक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो ।
शर्माकाअनुसार सात दिनभित्र जरिवाना रकम बैंक दाखिला गरी भौचर पेश गर्न र तत्काल सुधार गर्न पसलवालालाई निर्देशन दिइएको छ । प्रशासनको नियम नमानेमा पसल बन्द गरिने उहाँले जानकारी दिनुभयो ।
- ADVERTISEMENT -

चाडपर्व लक्षित गरी चितवन प्रशासनको अनुगमन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












