चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तिब्र बनाएको छ । पछिल्लो समय बजारमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय चितवनले बजार अनुगमनलाई तिब्र बनाएको हो ।
अनुगमनका क्रममा आम उपभोक्ता ठगी गरेको आरोपमा ५ वटा पसललाई जरिवाना गरिएको छ । मूल्यसूची नराखी सामान बिक्री वितरण गरेको आरोपमा चितवनका ५ वटा पसललाई पचास–पचास हजार जरिवाना गरिएको छ ।
जिल्ला प्रसाशन कार्यालय चितवन, वाणिज्य कार्यालय विरगंज र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भरतपुर महानगरपालिकाभित्र बजार अनुगमनमा मूल्यसूची नराखेको तथा खरिद र बिक्री बिल उपलब्ध गराउन नसकेको एवं म्याद गुज्रेका सामानहरु संचित गरी राखेको आरोपमा चितवनका निर्जला स्टोर्स, सुनिता खाद्य उद्योग, जय श्री बालाजी ट्रेडर्स, शुलभ खाद्य भण्डार र शुभम फ्रुट ट्रेडर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम ५०–५० हजारको दरले २ लाख ५० हजार रुपैया जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका साहयक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो ।
शर्माकाअनुसार सात दिनभित्र जरिवाना रकम बैंक दाखिला गरी भौचर पेश गर्न र तत्काल सुधार गर्न पसलवालालाई निर्देशन दिइएको छ । प्रशासनको नियम नमानेमा पसल बन्द गरिने उहाँले जानकारी दिनुभयो ।
चाडपर्व लक्षित गरी चितवन प्रशासनको अनुगमन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
