दार्चुला / दार्चुलाको सदरमुकाम खलंगाको पुलघाटबाट १७ किलो ५१ ग्राम यार्सागुम्बासहित एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको नाम्खा गाउँपालिका–३ का ३५ वर्षीय डोकार लामा रहेका छन् ।
झोला बोकी हिँडिरहेका लामामाथि प्रहरीलाई शंका लागेपछि जाँच गर्दा उनको साथबाट १७ किलो ५१ ग्राम अवैध यार्सागुम्बा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी पदमबहादुर विष्टले जानकारी दिए ।
पक्राउ परेका लामासँग यार्सा संकलन, निकासी तथा छोडपुर्जी नपाईएकाले पक्राउ गरेको जनाईएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय दार्चुलालाई बुझाएको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -
खलंगामा १७ किलो बढी यार्सागुम्बासहित एक जना पक्राउ
October 19, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -