२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना नियन्त्रण कोषमा

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते

काठमाडौं / प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरिने भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आज सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी गराउनुभयो ।
मन्त्री गुरुङले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई पनि कोरोना महामारीको समस्यालाई दृष्टिगत गर्दै दशैं भत्ताको सन्दर्भमा आवश्यक निर्णय लिन आग्रह गर्र्दै कोरानो भाइरस संक्रमणको अवस्थालाई ध्यानमा राख्दै दशैं परिवारभित्र मनाउन सबैलाई आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सरकारले कोरोना उपचारबाट हात झिक्यो कि भन्ने भ्रम त्याग्न आग्रह गर्दै सरकारले कुनै पनि नागरिकलाई उपचारबाट बञ्चित नगर्ने स्पष्ट पर्नुभयो ।
मन्त्री गुरुङले विपन्न, गरीब, असहाय, जेष्ठ नागरिक र एकल महिला कोरोना भाइरसबाट संक्रमित भएकालाई निशुल्क उपचार गरिने वताउनुभयो ।
मन्त्रीपरिषद् बैठकले कोरोना संक्रमितको उपचारका लागि १५ दिन भित्रमा काठमाडौं उपत्यकामा दुई हजार र प्रत्येक प्रदेशमा दुई सय एचडियू बेड बनाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले जानकारी दिनुभयो ।
मन्त्रीपरिषद् बैठकले यातायातका साधन र हवाई उडानमा पुरानै भाडादर कायम गर्ने निर्णय गरेको छ ।
जसअनुसार सार्वजनिक यातायातका साधन र हवाई उडानमा गत चैत ११ गते लकडाउन हुनु अघिकै भाडादर कायम गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
यसैगरी मन्त्रीपरिषद् बैठकले नेपालभरका श्रमसम्बन्धी मुद्दा हेर्ने गरी श्रम अदालत गठन गर्ने निर्णय गरेको छ । बैठकले कार्तिक ३० गतेसम्म हाल सञ्चालनमा रहेका १३ वटा नाकाबाट मात्र आवतजावतलाई निरन्तरता दिने र बाँकी सबै नाका बन्द रहने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20