April 12, 2024

नवजात शिशु मृत अवस्थामा फेला

October 21, 2020
फोटो : हल्कारो समाचार ।

नवलपुर / नवलपरासीको कावासोतीमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । हुप्सेकोट गाउँपालिका–४, शंखदेव नजिकको जंगलमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
उनका अनुसार टाउकोमा चोट लागेको अवस्थामा मृत भेटिएका उक्त बच्चा कसैले हत्या गरेर फालेको हुन सक्ने देखिएको बताइएको छ । बालकको शव अस्पतालमा राखिएको छ भने घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

- ADVERTISEMENT -