April 29, 2025

विश्वमा एकैदिन थपिए साढे ४ लाख बढी संक्रमित

October 25, 2020
- ADVERTISEMENT -

काठमाडौं / पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ५२ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट संक्रमित भएका छन् । कोरोनाको तथ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ५२ हजार ४ सय ६२ जना मानिस संक्रमित भएका हुन् ।
यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ४ करोड २९ लाख २३ हजार ९ सय ४२ पुगेको छ । विश्वभर भएका कुल संक्रमित मध्ये ३ करोड १६ लाख ६६ हजार भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् भने ११ लाख ५४ हजार भन्दा बढीको ज्यान गएको छ ।
अहिलेपनि विश्वभर १ करोड १ लाख भन्दा धैरैजनामा संक्रमण रहेको छ भने ७७ हजार भन्दा धेरै मानिसको अवस्था गम्भिर रहेको छ । अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा पछिल्लो २४ घण्टामा ७९ हजार ४ सय ४९ जना संक्रमित थपिएका छन् । यहाँ योसँगै यहाँ कुल संक्रमितको संख्या ८८ लाख २७ हजार ९ सय ३२ पुगेको छ ।
यस्तै दोस्रो धेरै प्रभावित देश भारतमा ५० हजार २ सय २४ जना नयाँ संक्रमित थपिदा कुल संक्रमितको संख्या ७८ लाख ६३ हजार ८ सय ९२ पुगेको छ । यसैगरी विश्वको तेस्रो धेरै प्रभावित देश ब्राजिलमा ५३ लाख ८१ हजार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा २५ हजार ५ सय ७४ जना नयाँ संक्रमित थपिएका छन् ।

- ADVERTISEMENT -