२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्यारेट

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते

एजेन्सी / अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त भएकी छिन् । राष्ट्रपति निर्वाचन अगावै डोनाल्ड ट्रम्पले सिफारिस गरेकी ब्यारेट अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी हुन् ।
राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनले ५२–४८ मतमार्फत ब्यारेटलाई न्यायाधीश नियुक्तिका लागि अनुमति दिएका हुन् । ४८ वर्षीया ब्यारेटलाई ह्‌वाइट हाउसमा प्रधानन्यायाधीश जोन रोबर्टले शपथ ग्रहण गराउने छन् ।
रिपब्लिनक पार्टीद्वारा एक कार्यकालमा नियुक्त गरिएकी ब्यारेट तेस्रो न्यायाधीश हुन् । सन् २०१७ मा निल गोरसच र सन् २०१८ मा ब्रेट काभानुग न्यायाधीश नियुक्त भएका थिए ।
एमी नियुक्त भएसँगै अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको ६–३ को बहुमत भएको छ ।
सोसल कन्जरभेटिककी प्रिय एमीलाई ट्रम्पले उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्तिका लागि मनोनित गरेका थिए । ह्‌वाइट हाउसको रोज गार्डेनमा मनोनयन घोषणा गर्दै ट्रम्पले एमीलाई अतुलनीय उपलब्धि हाँसिल गर्ने महिलाको संज्ञा दिएका थिए ।
माथिल्लो सदनले उनको नाम नाम पारित गरेपछि एमीले सर्वोच्च अदालतमा ८७ वर्षको उमेरमा दिवंगत भएकी न्यायाधीश गिन्सबर्गको स्थान लिएकी छिन् ।
डेमोक्रेटहरुले निर्वाचनअघि खाली भएको न्यायाधीशको नियुक्ति चुनावपछि मात्रै गर्नुपर्ने बताउँदै आएका थिए । तर, राष्ट्रपति ट्रम्पले भने चुनावअघि नै उनको सुनुवाइ हुनुपर्ने बताएका थिए । चार वर्षअघि सन् २०१६ मा भने चुनावभन्दा १० महिनाअघि नै खाली भएको पदमा नियुक्ति गर्न खोज्दा पनि सिनेटमा रिपब्लिकन नेताहरुले चुनाव हुने वर्षमा नियुक्त गर्न नहुने भन्दै रोकेका थिए ।
अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदै छ । डेमोक्रेटिक उमेद्वार जो बाइडेनले सिनेटले अमेरिकी जनताले आफ्नो नयाँ राष्ट्रपति चयन नगरेसम्म रिक्त न्यायाधीश पदका लागि हुने नियुक्ति प्रक्रिया सुरु नगर्न आग्रह गरेका थिए । संविधानले जनतालाई अदालतमा को न्यायाधीश बन्‍ने भन्‍ने निर्यण गर्ने अधिकार दिएकाले त्यसको सम्मान गरिनु पर्ने बाइडेनले बताएका थिए ।
त्यसका बाबजुद पनि ट्रम्पले प्रक्रिया अघि बढाउन आग्रह गरेपछि माथिल्लो सिनेटले कोनीलाई नियुक्त गरेको हो ।
अमेरिकाको संविधानअनुसार सर्वोच्च अदालतमा न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन् । उनीहरुको फैसलाले बन्दुकदेखि मताधिकार, गर्भपतनसहितका सार्वजनिक जीवनका सबै पक्षमा प्रभाव राख्ने बिबिसीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96