काठमाडौं / उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसी हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् ।
इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम भन्ने स्थानमा हवाई हमला भएपछि सो क्षेत्रमा हिंसा बढेको छ । फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण भएको हो ।
यो आक्रमणपछि इदलिबमा रुस र टर्कीको मध्यस्थतामा भएको युद्ध विराम खतरामा परेको बीबीसीले जनाएको छ । सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीले विरोधी पक्षलाई समर्थन गरेका छन् ।
ब्रिटेनस्थित संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृत्यु हुनेको संख्या ७८ सम्म पुगेको अनुमान छ । संगठनका अनुसार धेरै घाइतेहरुको अवस्था चिन्ताजनक छ ।
संगठनका अनुसार गत मार्च महिनामा युद्धविराम भएपछिको यो सबैभन्दा ठूलो आक्रमण हो ।
हिंसाका कारण त्यहाँबाट १० लाख मानिस बिस्थापित भएका छन् । युद्धविराम भएपछि भने मानिसहरु पलायन हुने क्रम रोकिएको थियो ।
सिरियामा नौ वर्षदेखि गृहयुद्ध चलिरहेको छ । सिरियाको सरकार विरोधी र जेहादिहरुको कब्जामा रहेको इदलिब अन्तिम प्रान्त हो । राष्ट्रपति बसर अल असादको समर्थन गर्ने सुरक्षा बलले देशका अन्य क्षेत्रबाट विद्रोहीहरुलाई हटाइसकेका छन् । –अनलाइनखबरबाट
- ADVERTISEMENT -

सिरियाको इदलिब प्रान्तमा हवाई हमलामा ५० भन्दा बढीको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

‘वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन’

‘नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौ’

लामो बिदाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

सत्ताको शक्तिको भरमा विपक्षलाई निमिट्यान्न पार्न खोज्नु लोकतान्त्रिक हैन – पूर्वप्रधानमन्त्री कार्की

तनहुँका अंकित कविता प्रतियोगितामा प्रथम
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36








