काठमाडौं / उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसी हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् ।
इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम भन्ने स्थानमा हवाई हमला भएपछि सो क्षेत्रमा हिंसा बढेको छ । फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण भएको हो ।
यो आक्रमणपछि इदलिबमा रुस र टर्कीको मध्यस्थतामा भएको युद्ध विराम खतरामा परेको बीबीसीले जनाएको छ । सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीले विरोधी पक्षलाई समर्थन गरेका छन् ।
ब्रिटेनस्थित संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृत्यु हुनेको संख्या ७८ सम्म पुगेको अनुमान छ । संगठनका अनुसार धेरै घाइतेहरुको अवस्था चिन्ताजनक छ ।
संगठनका अनुसार गत मार्च महिनामा युद्धविराम भएपछिको यो सबैभन्दा ठूलो आक्रमण हो ।
हिंसाका कारण त्यहाँबाट १० लाख मानिस बिस्थापित भएका छन् । युद्धविराम भएपछि भने मानिसहरु पलायन हुने क्रम रोकिएको थियो ।
सिरियामा नौ वर्षदेखि गृहयुद्ध चलिरहेको छ । सिरियाको सरकार विरोधी र जेहादिहरुको कब्जामा रहेको इदलिब अन्तिम प्रान्त हो । राष्ट्रपति बसर अल असादको समर्थन गर्ने सुरक्षा बलले देशका अन्य क्षेत्रबाट विद्रोहीहरुलाई हटाइसकेका छन् । –अनलाइनखबरबाट
सिरियाको इदलिब प्रान्तमा हवाई हमलामा ५० भन्दा बढीको मृत्यु
October 27, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
