२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

मंसिर ५ गतेसम्म विद्यालय बन्द

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते

नवलपुर / नवलपुरको कावासोती नगरपालिकाले नगरभित्रका सबै शिक्षण संस्थाहरुलाई आगामी मंसिर ५ गतेसम्म बन्द गर्न निर्देशन दिएको छ । यसअघि नगरपालिकाले कात्तिक १६ गतेसम्म विद्यालय बन्द गर्न नगरभित्रका विद्यालयहरुलाई निर्देशन दिएको थियो ।
नगरपालिकाको बिपद ब्यवस्थापन समितिको पछिल्लो बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि कात्तिक १६ गतेदेखि मंसिर ५ गतेसम्म नगरभित्रका सबै शिक्षण संस्थाहरुमा प्रत्यक्ष रुपमा विद्यार्थी सम्पर्क हुनेगरी मुखामुख विधिबाट पठनपाठन हुने कार्यमा रोक लगाउने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमण समुदायमा तिब्र रुपमा फैलिइरहेकोले यसको नियन्त्रण तथा रोकथामका लागि शिक्षण संस्थाहरु संचालनमा रोक लगाउने निर्णय भएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले बताउनुभयो ।
सरकारले विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउन सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेपछि असोज पहिलो साताबाट धमाधम खुलेका नगरपालिका भित्रका विद्यालयहरु यसअघि कार्तिक २ गतेदेखि १४ गतेसम्म बन्द गर्न नगरपालिकाले निर्देशन दिएको थियो ।
निर्देशिकाले प्रत्यक्ष सिकाइ भन्दा बैकल्पिक सिकाइका लागि जोड दिएको भएपनि सबै विद्यार्थी बैकल्पिक सिकाइको पहुँचमा आउन नसकेको भन्दै असोज पहिलो सातादेखि विद्यालय सन्चालनमा आएका थिए । सिकाइ सहजीकरणका लागि विद्यालयहरुले प्रत्यक्ष सम्पर्क कक्षा सन्चालन गर्दा विद्यालयमा कोभिड संक्रमणको जोखिम बढ्न सक्ने तर्फ सचेत हुदै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको उपप्रमुख मर्दनियाले बताउनुभयो ।
कक्षा ११ को परीक्षा भने पूर्व निर्धारित समयतालिका अनुसार नै पूर्ण सावधानीका साथ सन्चालन हुने कावासोती नगरपालिकाका शिक्षा शाखा अधिकृत राजन पाण्डेले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04