February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मंसिर २७ गते पत्रकार महासंघ चितवन शाखाको साधारणसभा गर्ने निर्णय

November 3, 2020

चितवन / नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारण सभा हुने भएको छ । आउँदो मंसिर २७ गते साधारण सभा हुने नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । सोमबार भरतपुरस्थित कार्यालयमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
अध्यक्ष खतिवडाका अनुसार सोमबार बसेको बैठकले विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी तोकिएको हो । साधारण सभामा उपस्थित भई भव्य रुपमा सफल पार्न सम्पूर्ण शाखा सदस्यहरुलाई अनुरोध गरिएको छ ।
चितवन शाखामा ६१ जना थप नयाँ सहित २७५ जना सदस्य रहेका छन् । नयाँ विधान अनुसार महासंघको अधिवेशन आगामी फागुन ३ गते हुने जनाइएको छ । जस अनुसार जिल्ला, प्रदेश र केन्द्रीय समितिको एकै पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् नेतृत्व चयन हुनेछ ।
अध्यक्ष खतिवडाले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिइरहेकोले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्दै साधारणसभा सम्पन्न गरिने बताए । महासंघका सदस्यहरुलाई पनि स्वास्थ्य मापदण्ड पालना गरी सहभागी हुन उनले आग्रह गरेका छन् ।
कोरोना कहरले सञ्चार क्षेत्रमा पारेको प्रभाव र चुनौती बारे बैठकमा छलफल भएको उनले जानकारी दिए । जिल्लामा हालसम्म आठ जना पत्रकारहरु संक्रमित भइसकेको, ती मध्ये केही संक्रमणमुक्त भइसकेको र केही होम आईसोलेसनमा रहेको उनले बताए । बैठकले संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

- ADVERTISEMENT -