२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

‘दुई वा दुई भन्दा बढी सहकारीको सदस्य बन्नु गैरकानूनी’

प्रकाशित मिति : २०७७ मंसिर २० गते

चितवन / सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर–२, क्षेत्रपुरको १३औं साधारण सभा सुरु भएको छ । संस्थाको पाँच दिने कार्यक्रम अन्तर्गत शनिबार पहिलो दिन प्रमुख अतिथि भरतपुर महानगरपालिकाका सहकारी प्रवद्र्धन तथा रोजगार शाखाका सहकारी अधिकृत रामबाबु पौडेलले पानसमा दिप प्रज्वलन गरी शुभारम्भ भएको हो ।


कार्यक्रममा प्रमुख अतिथि पौडेलले भरतपुर महानगरपालिकाले सहकारी ऐन र नियमावली जारी गरी सकेको र त्यसको परिधिभित्र रहेर प्रचलित नेपाल सरकारका संघीय कानुनहरुलाई समेत आत्मसाथ गरेर संचालन गरेमा सहकारी संस्था आफैँमा सबल सक्षम हुने बताए । सहकारी संस्था राम्रो बनाउनका लागि कुनै व्यक्ति विशेष र सहकारीले राम्रो भनेर नहुने उनले जिकिर गरे ।
शेयर सदस्यहरु र समाजको आवश्यकतालाई पहिचान गरी र सहकारी संस्थाको मूल्य र मान्यता, सिद्धान्तलाई व्यवहारमा उतार्न सके निश्चित रुपमा अनुकरणीय सहकारी संस्थाको रुपमा स्थापित हुने उनको भनाइ थियो ।
दुई वा दुई भन्दा सहकारी संस्थाको सदस्य बन्नु २०७७ कार्तिक १ गतेबाट गैरकानूनी भएको र २०७४ साल कार्तिक १ सरकारले आदेश दिए अनुसार योजनाबद्ध ढंगले तीन वर्षभित्रमा एउटा सहकारी रोज्न उनले आग्रह गरे ।

- ADVERTISEMENT -

Advertisement


कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरे, निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतमले शुभकामना मन्तव्य दिएका थिए भने संस्थाका उपाध्यक्ष मदनप्रसाद सापकोटा, कोषाध्यक्ष जयराम पाण्डे, लेखा संयोजक विनोद पौडेल, व्यवस्थापक विकास पौडेल, उपसमितिका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष थिरप्रसाद धितालको अध्यक्षता रहेको थियो भने सचिव मुकुन्दप्रसाद गौतमले संचालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36