July 22, 2024

‘मिस नेपाल वर्ल्ड २०२०’ को ताज नम्रता श्रेष्ठको पोल्टामा

December 5, 2020

काठमाडौं / नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बन्न सफल भएकी छन्। होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठ मिस नेपाल वर्ल्ड बन्नेकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’ की अनुष्का श्रेष्ठले ताज पहिराएकी छन् ।
यसैगरी मिस नेपाल सुप्रानेसनल २०२० को ताज सिमल कनौजियले पाएकी छन् भने सन्ध्या शर्माले मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छन् । त्यस्तै, मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -