२०८२ कार्तिक २४, सोमबार
November 10, 2025
२०८२ कार्तिक २४, सोमबार
November 10, 2025 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बेलायतमा नयाँ किसिमको कोरोना भाइरस भेटिएको दावी

प्रकाशित मिति : २०७७ पुष १ गते
- ADVERTISEMENT -

युके / बेलायतका स्वास्थ्यमन्त्री म्याट ह््यानककले बेलायतमा नयाँ किसिमको कोरोना भाइरस भेटिएको बताएका छन् । सोमबार बेलायती संसदमा बोल्दै उनले बेलायतको दक्षिण पूर्वी क्षेत्रमा नयाँ किसिमको भाइरस पाइएको जानकारी दिएका छन् ।
नयाँ भाइरसका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी दिइसकिएको उनले बताएका छन् भने हाल दिइरहेको कोरोना भाइरसविरुद्धको खोपले नयाँ किसिमको भाइरसलाई रोकथाम गर्न सक्छ कि सक्दैन भन्ने बारेमा अहिले भन्न नसकिने उनको भनाइ छ । सरकारका विशेषज्ञहरुले पनि नयाँ किसिमको भाइरसका बारेमा अनुसन्धान गरिरहेका छन् ।
नयाँ भाइरस द्रुत गतिमा फैलिइरहेको र बेलायतका ६० वटा स्थानीय निकायहरुमा यस बारेमा यस्तो पाइएको उनले जानकारी दिएका छन् । नयाँ प्रकारको भाइरस गत साता केन्टमा पाइएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -