January 13, 2025
- ADVERTISEMENT -

पार्टीमा नभएको मान्छे भन्दै रिहाइको लागि परिवारको अपिल

December 19, 2020
Photo : Khabar Tarang

चितवन / अस्पतालमा विरामी भेट्न जाँदा भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट पक्राउ परेका लालसिंह थिङको रिहाईको लागि परिवारजनले अपिल गरेका छन ।
विप्लप माओवादीका कार्यकर्ता रहेको आशंकामा शुक्रबार पक्राउ परेका सिंह विगत ३ वर्षदेखि कुनै पनि पार्टीमा नरहेको भन्दै रिहाइको लागि पहल गरिदिन राजनीतिक दल, मानव अधिकारवादी, नागरिक समाज, पत्रकार तथा बुद्धिजीवीहरुलाई आग्रह गरिएको छ ।
सिंहकी श्रीमति अनिषा ढकालले आफ्ना श्रीमान विगत ३ वर्षदेखि कुनै पनि पार्टीमा आवद्ध नरहेको भन्दै रिहाइको लागि अपिल गरेकी हुन् । ‘पार्टी छाडेर कृषि कर्म गरिरहेको मान्छेलाई प्रहरीले विना कारण पक्राउ गरे ।’, ढकालले भनिन्– ‘मेरो श्रीमान कुनै पनि पार्टीमा आबद्ध हुनुहुन्न, म विश्वास दिलाउन चाहन्छु ।’
खैरहनी–१, नवोदय टोल निवासी लालसिंहले गाउँमै फर्म दर्ता गरी कुखुरापालन गर्ने तयारी गरेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -