२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

लागूऔषध गाँजासहित चितवनबाट २ जना पक्राउ

प्रकाशित मिति : २०७७ पुष १० गते
- ADVERTISEMENT -

चितवन / इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषधसहित २ जनालाई पक्राऊ गरेको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ ७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनका छोरा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई राप्ती नगरपालिका वडा नं. ४ झरना जाने सडकबाट पक्राऊ गरिएको हो । चेकजाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा अवैध लागुऔषध गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी पठाएको जनाइएको छ ।

- ADVERTISEMENT -