मुम्बई / हलिउड फिल्म ‘टेक्स्ट फर यु’ सुटिङका लागि गएका नायिका प्रियंका चोपडा बेलायतमै रोकिएको छ । बेलायतमा नयाँ स्वरूपको कोरोना भाइरस देखिएसँगै नायिका चोपडा र फिल्म ‘टेक्स्ट फर यु’ सुटिङका युनिट नै रोकिएको हो ।
बेलायतमा हाल विभिन्न भागमा चौथो चरणको लकडाउन जारी गरिएको छ । घर बाहिरिन रोक लगाइएपछि छायांकनका लागि पुगेको प्रियंका टोली बेलायतमा फसेको हो ।
गत वर्षको जनवरीमै हुनुपर्ने छायांकन संक्रमण त्रासकै कारण रोकिएको थियो । यसै महिना मात्र छायांकन सुरु भएर चाँडै काम सकी निर्माण टोली अमेरिका फर्कने योजनामा थियो ।
निर्माताका लागि हाल कास्ट एन्ड क्रुको सुरक्षा प्राथमिकतामा छ। उनीहरूले अमेरिका फर्कन विशेष अनुमति माग गरे पनि प्रक्रिया केही लामो हुने देखिएको छ । जिम स्ट्राउसको निर्देशन रहने फिल्ममा प्रियंकाका पति निक जोन्स पनि ‘टेक्स्ट फर यु’मा अतिथि कलाकारका रूपमा देखिँदै छन् । -एजेन्सी
बेलायतमा फसिन नायिका प्रियंका

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
