२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

बाँकेको जात्रामा दुई समुहबीच झडप, एकजनाको मृत्यु

प्रकाशित मिति : २०७७ मंसिर १७ गते

काठमाडौं / बाँकेमा कात्तिके पूर्णिमाको अवसरमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । झडपमा परी मृत्यु हुनेमा जानकी गाउँपालिका–५ का गुरूगाउँका ५४ वर्षीय धनीराम यादव रहेका छन् ।
स्थानीय २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीच पूर्व रिसिबीका कारण भएको विवादमा दुई पक्षबीच झडप हुँदा धनीरामको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही गाउँपालिका–५ गुरुवागाँउस्थित नागबाबा कुटीमा लागेको कात्तिके पूर्णिमा मेलामा पुरानो रिसिबीलाई लिएर उनीहरुबीच विवाद भएको थियो ।
प्रहरीका अनुसार सोही विवादलाई लिएर दुवै पक्षका मानिसहरु बानियाँगाउँमा भेला भई आपसी झै–झगडा एवं कुटपिट हुँदा धनीराम गम्भीर घाइते भएका थिए । उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
झडपमा परी अन्य १२ जना घाइते भएका छन् । १२ जना घाइते मध्ये दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको र अन्य १० जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँके र सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न १४ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98