चितवन / पूर्वी चितवनको रत्ननगरमा केक एण्ड सेक स्टुडियो क्याफे सञ्चालनमा ल्याइएको छ । सो क्याफेको शुक्रबार रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले उद्घाटन गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष गिरीले युवाहरुले लगानीलाई उवासंघबाट हुने सुरक्षा हुने बताए । रत्ननगरको टाँडी बजारलाई व्यवस्थित गर्नको लागि काम सुरु भएको भन्दै उनले व्यवसायिक सुरक्षा र बजार व्यवस्थापनलाई संगसंगै अगाडि बढाउने उनको भनाइ छ ।
बरिष्ठ उपाध्यक्ष गिरीले आफ्नै ठाउँमा व्यवसाय गरेर आर्थिक विकास र रोजगारी सृजना गर्ने युवाहरुलाई संघले अभिभाककत्व प्रदान गर्ने बताए । स्थानीय झलक पौडेल र माधव सापकोटाको सयुक्त लगानीमा सुरु भएको सो क्याफेबाट बेकरी, जुुस, कफी तथा रेष्टुरेष्टका खानेकुरा र बार सञ्चालन गरिने छ ।
बजारीकरणतर्फ उन्मुख रत्ननगरको टाँडी बजारमा एउटै छातामुनी विभिन्न स्वादका खानेकुरा, पेय पदार्थ उपलब्ध हुने गरी क्याफे सञ्चालनमा ल्याएको सञ्चालक सापकोटाले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

रत्ननगरको केक एण्ड सेक स्टुडियो क्याफेको बरिष्ठ उपाध्यक्ष गिरीद्धारा उद्घाटन
January 2, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
